कलाकार सुशिला दाहालको निधन

काठमाडौं / अमेरिकामा बस्दै आएकी कलाकार सुशिला दाहालको निधन भएको छ । कलाकार दाहालको विहीबार ६७ वर्षको उमेरमा क्यान्सरका कारण अमेरिकाको बस्टनमा निधन भएको हो । उनले ‘मह जोडी’सँग चर्चित टेलिसियरयल ‘लालपूर्जा’, ‘चिरञ्जीवी’, ‘भकुन्डे भुत’लगायतमा अभिनय गरेकी थिइन् ।

कलाकार दाहालको निधन भएको ३ दिनअघि मात्रै श्रीमान बद्री दाहालको पनि अस्ट्रेलियामा मृत्यु भएको जानकारी गराइएको छ । उनकी एक छोरा र एक छोरी छन् ।

उनकाे निधनप्रति हाँस्य कलाकार हरिबंश आचार्यले दुःख ब्यक्त गर्दै लेखेका छन्”आदरणीय दिदी शुसिला दहाल ले हाम्रा लालपुर्जा , चिरन्जिबी लगायत धेरै टेलिचलचित्रमा अभिनय गर्नु भऐको स्मरण ताजै छ । उहाँको निधनले हामी लाई मर्माहत गरेको छ । उहाँको अत्माको शान्ति को कामना गर्दछौ ।”

तपाईको प्रतिक्रिया