संक्रमितले अस्पतालमै लगाए दशैँको टीका

दाङ / कोरोना कहरका कारण गत वर्षको जस्तो बडादशैं हर्षोल्लासका साथ मनाइएको छैन। यस पटक दशैंको टीका थाप्न धेरै मानिस मान्यजनकहाँ नगएर जहाँ छन् त्यहीँ बसेका छन्।

दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेका कोरोना संक्रमितहरुले भने अस्पतालमै दशैं मनाएका छन्। कोरोना संक्रमणका कारण अस्पतालमा रहेका उनीहरुले आपसमा टीका लगाएर खुसी साटेका छन्।

अस्पताल व्यवस्थापक द्रोणबहादुर वलीले आयोजना गरेको टीका कार्यक्रममा १८ जना संक्रमितले टीका लगाएका थिए। कोरोना संक्रमणका कारण परिवार र आफन्तसँग दशैं मनाउन नपाएपछि सबै संक्रमितलाई आफैंले टीका लगाइदिएको उनले बताए।

तपाईको प्रतिक्रिया