विराटनगरमा डुबेको अवस्थामा भेटियो बालकको शव

विराटनगर / मोरङको कटहरी गाउँपालिका–५ मा पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको अवस्थामा शुक्रबार दिउँसो एक बालकको शव भेटिएको छ ।
घर नजिकै खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको अवस्थामा विनोद सरदारका १० वर्षीय छोरा जितेस सरदारको शव फेला परेको हो ।

घरबाट निस्किएका बालक नफर्किएपछि खोजी गर्ने क्रममा आफन्त र स्थानीय बासिन्दाले दिउँसो ४ बजेतिर डुबेर मृत्यु भएको अवस्थामा बालकलाई भेटेका हुन् । प्रहरीले शव पोस्टमार्टमका लागि लगेर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।

तपाईको प्रतिक्रिया