पाँचथरमा बोलेरो जिप दुर्घटना, आधा दर्जन घाईते

पाँचथर / पाँचथरको याङवरक गाउँपालिका वडा नम्बर २ फलैँचामा शुक्रबार भएको सवारी दुर्घटनामा परेर आधा दर्जन ब्यक्ति घाईते भएका छन् ।
घाईते हुनेहरुमा याङवरक २ फलैँचा बस्ने २६ वर्षिय दिपक प्याकुरेल,१८ वर्षिय शुष्मा लिम्बु,झापाको बुद्धशान्ति गाउँपालिका वडा नम्बर ३ बस्ने पुष्प खनाल,ताप्लेजुङको सिदिङबा गाउँपालिका ३ बस्ने शेर बहादुर चौहान,झापा मेचीनगरपालिका १४ बस्ने ४५ वर्षिय विष्णु प्रसाद ओली,याङवरक २ बस्ने सवारी चालक डिल्ली अधिकारी रहेका छन् ।

उनीहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताए । च्याङथापु बाट फिदिम तर्फ आउँदै गरेको प्रदेश न.१ —०१—००१ च ७५८२ नम्बरको बोलेरो जिप अन्यन्त्रित भई सडकबाट करिव एक सय मिटर तल झरेको थियो ।

तपाईको प्रतिक्रिया