शुक्रबार थप ४ हजार ३९२ जनामा कोरोना पुष्टि, मृतकको संख्या ७०० नाघ्यो

काठमाडौं / शुक्रबार थप ४ हजार ३९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १६ हजार ५३१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ । उनीहरुमध्ये ७१५ जनाको मृत्यु भएको छ भने ८८ हजार ४४ संक्रमणमुक्त भएका छन् । थपिएका संक्रमितमध्ये २ हजार ४०२ जना काठमाडौं उपत्यकाका छन् ।

तपाईको प्रतिक्रिया