बाबा रामदेव योगा गर्दागर्दै हात्तीबाट खसे

योगगुरु बाबा रामदेव योग गर्दागर्दै हात्तीबाट लडेको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । २२ सेकेन्डको उनको भिडियो मंगलबार भाइरल भएको हो । सोमबार भारतको मथुरास्थित बाबा रामदेव गुरु शरणको आश्रम रामानरातीमा सन्तहरूलाई योगासन सिकाउँदै थिए ।

भिडियोमा बाबा रामदेव हात्तीमा बसेर योग आसन गर्दै गरेको देख्न सकिन्छ । भिडियोमा केही सेकेन्डमा, हात्ती सुरुमै चल्मलाउँदा रामदेवले वास्ता गरेनन् । तर, दोस्रो पटक हात्तीले झड्का दिएपछि रामदेवको सन्तुलन बिग्रिएपछि बाबा रामदेव एक्कासी हात्तीबाट तल खसे ।

हात्तीको पिठ्युँमा ध्यान गरिरहेका रामदेव तल झर्नेबित्तिकै वरिपरि रहेका मानिसले उनलाई उठाए र त्यसपछि रामदेव निकै आँतिदै अगाडि दौडिएको भिडियोमा देखिन्छ । भिडियो भाइरल भएसँगै धेरैले रामदेवलाई मजाकमा उडाइरहेका छन् भने उनको सहासको पनि तारिफ भइरहेको छ ।

तपाईको प्रतिक्रिया