यस्ताे छ मोरङको सुन्दरहरैचामा निर्माण सम्पन्न भएकाे प्रदेश नं. १ कै नमुना शाैचालय ( तस्विरहरू सहित)

सुन्दरहरैंचा / माेरङकाे सुन्दरहरैंचा नगरपाकलिका अन्तर्गत विराटचाेक तथा सलकपुरमा दुईवटा नमूना सार्वजनिक शाैचालयको निर्माण कार्य सम्पन्न भएको छ । सुन्दरहरैंचाकाे विभिन्न ठाउँमा निर्माण भइरहेका नमुना सार्वजनिक शौचालय मध्य सलकपुर तथा विराटचौकका दुईवटा निर्माण सम्पन्न भएको हुन् । नगरकाे खोर्साने तथा हरैंचामा सार्वजनिक शाैचालय निर्माण भइरहेको छ । बलिया, गछिया तथा गोठगाँउमा सार्वजनिक शौचालय निर्माणाधीन अवस्थामा रहेकोमा छ ।

शौचालय निर्माण थालिएको हरैचा बाहेक अन्य छ स्थान पूर्व पश्चिम राजमार्गमा पर्छन् । सार्वजनिक शौचालयमा आधुनिक पुस्तकालय सहितकाे सुविधाहरु हुने तथा शौचालय एउटै डिजाइनमा निर्माण भएको सार्वजनिक शौचालय निर्माण महाअभियान समितिका अध्यक्ष भोलेश्वर दुलालले बताए । उनले निर्माण सम्पन्न भएका उक्त शौचालयको उद्घघाटन असोज २७ गते प्रदेश १ का मुख्य मन्त्री शेरधन राईबाट हुने जानकारी दिए ।

स्थानीयबासीको अग्रसरतामा करिब ९ करोड ६४ लाख लागतमा निर्माणधिन शौचालयका लागि ३५ प्रतिशत मात्र स्थानीय सरकारको लगानी रहेको छ । बाँकी ६५ प्रतिशत रकम स्थानीयबासीले आफैले जुटाएका छन् । शौचालय निर्माणका उद्योगपती तथा समाजिक व्याक्तित्व भोलेश्वर दुलालको अध्यक्षतामा सार्वजनिक शौचालय निर्माण महाअभियान सञ्चालनमा रहेको छ ।

यस्ता छन् सार्वजनिक शौचालयमा सुबिधा

शौचालय भवनभित्र सम्पूर्ण सुविधा उपलब्ध हुनेछ । शौचालयमा इन्टरनेटको सुविधा सहितको आधुनिक पुस्तकालय, चमेना गृह, सैलुन, आराम कक्ष समेत हुने उल्लेख गरिएको छ । सार्बजनिक यातायतालाई लक्षित गरी निर्माण गरिएको शौचालयमा गाडी पार्किङका लागि स्पेस समेत रहेको छ । राजमार्गमा निर्माणाधीन दुई तल्ले शौचालयको भुई तलामा शौचालय, चमेनागृह, यात्रु आराम कक्ष र सैलुन रहेकाे छ ।

पहिलो तल्लामा अडियो भिडियो सुविधा सहितको आधुनिक पुस्तकालय रहने अध्यक्ष दुलालले बताए । पुस्तकालय सहितको शौचालय युरोपेली मापदण्ड अनुसारको सुविधा सम्पन्न रहेकाे छ । २०७४ माघबाट निर्माण सुरु गरिएको शाैचालयहरु मध्ये विराटचाेक तथा सलकपुरकाे गरि २ वटाकाे निर्माणको कार्य सम्पन्न भएको हाे ।

समसामयिक बिषयमा कलम चलाउनुहुने दाहाल पूर्वेली न्युजका समचार सम्याेजक हुनुहुन्छ ।

मणिराम दाहालबाट थप

धानको कुन्युमा आगो लाग्दा ५० मन धान डडेर नस्ट

मुख्यमन्त्री राईद्वारा सार्वजनिक शाैचालय तथा पुस्तकालयकाे समुद्घाटन

यस्ताे छ मोरङको सुन्दरहरैचामा निर्माण सम्पन्न भएकाे प्रदेश नं. १ कै नमुना शाैचालय ( तस्विरहरू सहित)

सुन्दरहरैंचा उद्योग वाणिज्य संघमा बढ्याे चुनावी सरगर्मी: यी हुन् अध्यक्ष पदका आकाक्षी

आज विश्वकर्मा पूजा, किन र कसरी गर्ने ? हेर्नुहोस् (विधिसहित)

ड्रागन फ्रुट खेतीमा रमाउँदै सुन्दरहरैंचाका रेणुप्रसाद

सुन्दरहरैंचामा जेष्ठ नागरिक भवनमा अनियमितता छानविन गर्न बन्यो छानविन समिती

सुन्दरहरैंचाका संस्थागत विद्यालयद्वारा नपामा ज्ञापनपत्र

सुन्दरदुलारी उवास मार्फत सुन्दरहरैंचामा कार्यरत पत्रकारकाे बिमा

पिएलओद्वारा सुरक्षाकर्मीलाई समाग्री वितरण

तपाईको प्रतिक्रिया