जनताले दिएको मत त्यतिक्कै खेर जान दिन्न : सांसद ओझा

मोरङ / प्रदेश सभा सदस्य तथा नेकपा एमालेका नेता राजकुमार ओझाले पाटी भित्रको मदभेदलाई हटाएर एकतावद्व रुपमा मिलेर अघि बढ्न सके मूलुकको विकास हुने धारणा राखेका छन् । सांसद ओझाले पूर्वेली न्यूजसंगको कुराकानीमा देशका केहि नेता तथा अगुवा व्याक्ति नै भ्रष्ट तथा कमिसनको खेलमा फसेर अराजक भएका कारण मूलुकको विकास निर्माणको काममा बाधा पुगेको आरोप लगाएका छन् ।

उनले विकासको नाममा सर्वसाधारण जनताले अब दुःख पाउँने काम हुनु हुँदैन भन्दै सम्पन्न भएका विकास निर्माण तथा योजनाका कामहरु लामो समय सम्म टिक्ने , गुणस्तरीय साथै पारदर्शि हुनु पर्ने उल्लेख गरेका छन् । सांसद ओझाले सडक बाटोघाटो बन्नु मात्र पहिलो विकास नभएर शिक्षा , स्वास्थ्य, कृषि तथा स्वरोजगारी लगायतका विविध कुरामा पनि ध्यान दिएर अघि बढ्न सके मूलुक समृद्व तथा सुन्दर हुन समय नलाग्ने बताएका छन् ।

प्रदेश सांसद ओझाले अर्को प्रशङ्ममा कुराकानी गर्दै दुई तिहाइको सरकार हुँदा पनि विकास निर्माणको काम राम्रो संग भएको छैन भनेर भन्नू साथै जनताको गुनासो हुनु स्वाभाविक भएको बताउँदै त्यस कुरालाई सम्बोधन गरेर जनभावना अनुसार काम गर्न आफु र आफ्नो पाटी लागि परेको उल्लेख गरेका छन् । ओझाले कोरोना कहरको समयमा जनताबाट आएका गुनासोहरुको सम्बोधन हुन जरुरी भएको तर यो महामारी कुनै पनि मुलुकले चाहेर नआएको साथै यो महामारीकै रुपमा रहेको बताउँदै सरकारले सकेको साथ सहयोग जनतालाई गरि रहेको बताएका छन् ।

सासद ओझाले अब मूलुकमा कोरोना कहरको बिचमा पनि विकासको लहर तथा परिवर्तन आउँन आवश्यक भएकोले यूवा शक्तिलाई आत्मा निर्भर बनाएर स्वदेशमा राम्रो काम गर्ने वातावरण मिलाउँन जरुरी भएको उल्लेख गरेका छन् । प्रदेश सांसद ओझासंग विकास निर्माणका काम लगायत मूलुकको राजनीति तथा समसामयिक विषयमा गरिएको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया