दुइ दिनमा इटहरीका ३ काेराेना संक्रमितकाे मृत्यु, इटहरी २ काे जंगलमा शव व्यवस्थापन

इटहरी / इटहरीमा थप एक जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ । इटहरी ४ का २७ वर्षिय पुरूषकाे काेशि अस्पताल विराटनगरमा काेभिड १९ संक्रमण सम्वन्धि जटिलताकाे कारण मृत्यु भएकाे हाे । उनी लागुऔषध सम्बन्धि कसुरमा बिराटनगर कारागारमा सजाय भोगी रहेकोमा असाेज १४ गतेको श्वासप्रश्वास मा समस्या देखिए पछि कोशी अस्पताल मा भर्ना गरिएको र उपचारको क्रममा मृत्युु भएको बाइएकाे छ ।

याे सगै इटहरीका काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३ पुगेकाे छ । पछिल्लाे २ दिनमा इटहरीका ३ जना संक्रमितकाे मृत्यु भएकाे छ । असाेज १४ गते इटहरी ५ का ७३ वर्षिय पुरुषकाे काेशि अस्पताल विराटनगरमा मृत्यु भएकाे थियाे । भने विहिबार विहान इटहरी ६ का ५६ वर्षिय पुरुष र दिउसाे इटहरी ४ का २७ वर्षिय पुरूषकाे काेशि अस्पताल विराटनगरमा काेराेना संक्रमणबाट मृत्यु भएकाे पुष्टि भएकाे हाे ।

अहिले इटहरी स्वास्थ शाखा र नेपाली सेनाकाे टाेलिबाट इटहरी २ काे जंगलमा शव व्यवस्थापन भइरहेका बताइएकाे छ । काेभिड १९ काे संक्रमण र मृत्यु दर दिन प्रतिदिन बढिरहेकाेले थप स्वास्थ्य सुरक्षाकाे मापदण्ड अपनाउन तथा काेभिड १९ राेगलाई वेवास्ता नगर्न इटहरी उमहानगरपालिकाले अनुराेध गरेकाे छ ।

तपाईको प्रतिक्रिया