इटहरीमा आफै परिक्षण गराएका संक्रमित बढ्दै, बुधबार एक संक्रमितकाे मृत्यु

इटहरी / इटहरीमा थप २१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । आफै परिक्षण गराएका १० जना सहित थप २१ जनामा संक्रमण पुष्टि भएकाे हाे । याे तथ्याङ्कलाइ हेर्दा इटहरीमा संका लागेर वा विभिन्न कारणले आफै परिक्षाण गराएमा संक्रमित बढ्दै गएकाे देखाउछ । विभिन्न अस्पतालमा आफै परिक्षाण गराएका इटहरी १ का २९ वर्षिय पुरुष, इटहरी ५ का ३ जना २९,५५, ७२ वर्षिय पुरुष, इटहरी ८ का २ जना ३०,३६ वर्षिय पुरुष, इटहरी ९ का ३७ वर्षिय महिला, इटहरी १३ का ३१ वर्षिय महिला, इटहरी १६ का ३३ वर्षिय पुरुष, इटहरी २० का ७७ वर्षिय महिलामा संक्रमण पुष्टि भएकाे हाे ।

त्यसैगरी इटहरी ४ का ५० वर्षिय पुरुष, इटहरी ५ का १९ वर्षिय महिला, इटहरी ७ का ४५ वर्षिय पुरुष, इटहरी ८ का ४१ वर्षिय महिला , इटहरी ९ का २७ वर्षिय पुरुष, इटहरी १० का २ जना २५ बर्षिय पुरुष र ३२ वर्षिय महिलामा संक्रमण देखिएकाे छ । त्यसैगरी इटहरी १२ का ३ जना ४२,५८ वर्षिय पुरुष र ४५ वर्षिय महिलामा पनि संक्रमण देखिएकाे छ । साथै नेपाली सेना इटहरी ब्यारेकका १ जना ३१ वर्षिय पुरुष पनि संक्रमित भएका छन् । हाल सम्म इटहरीमा संक्रमण पुष्टी भएको संख्या ५१६ रहेकाे छ ।

बुधबार इटहरी ५ स्थाइ ठेगाना भएका १ जना ७३ वर्षिय पुरुषको बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ । इटहरीमा काेराेना संक्रमणबाट बुधबार पहिलाे व्यक्तिकाे मृत्यू भएकाे हाे ।

तपाईको प्रतिक्रिया