कोरोना संक्रमणबाट स्वास्थ्यकर्मीको मृत्यु

वीरगञ्ज / कोरोना भाइरसको संक्रमणबाट एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । पर्सामा कार्यरत स्वास्थ्यकर्मीको उपचारको क्रममा काठमाडौंस्थित करुणा अस्पतालमा मृत्यु भएको हाे । महोत्तरीको मनरा नगरपालिका–७ सरपलो घर भएका पर्साको जगरनाथपुर गाउँपालिकामा कार्यरत ५८ वर्षीय सिनियर अहेबको मंगलबार बिहान साढे ८ बजे उपचारको क्रममा मृत्यु भएको थियाे ।

जगनाथपुरमा नै रहँदा भदौ १९ गते उनलाई रुघाखोकी र ज्वरो आएका उनकाे स्वास्थ्यमा सुधार नआएपछि उनलाई उपचारका लागि जनकपुरमा लगिएको थियो । चन्द्रकला अस्पताल जनकपुरमा उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि उनलाई थप उपचारका लागि असोज १ गते काठमाडौं लगिएको थियो ।

असोज ५ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । अवस्था गम्भीर बन्दै गएपछि असोज ७ गते रातिदेखि नै उनलाई भेन्टिलेटरमा राखिएको थियो । भेन्टिलेटरमा राखेर उपचार चलिरहेकै अवस्थामा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

तपाईको प्रतिक्रिया