धरानकी ३८ वर्षीय कोरोना सङ्क्रमित महिलाको मृत्यु

धरान / बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत धरानकी कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान धरान २ की ३८ वर्षीय महिलाको गए राति उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिए ।

मृतकको आज मात्रै कोरोना पोजेटिभ रिपोर्ट आएको थियो । उनको रगतमा अत्यधिक मात्रामा सुगर देखिएको थियो भने उनमा ज्वरो, खोकी, श्वासप्रश्वासमा समस्याका साथै निमोनियाको लक्षण पनि देखिएको थियो । यो सँगै धरानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ पुगेको छ ।

तपाईको प्रतिक्रिया