लघुकथा : रूप, बैश र पैसा

म तिमिलाई बिबाह गर्न चहन्छु शुकु ! आज पार्लरमै आएर छबिरामले बिबाह प्रस्ताव राख्यो । बिबाह ! हास्दै टार्न खोजीशुकुमायाले । मेरो त अहिले खेल्ने , डुल्ने ,रमाऊने उमेर हो । बिबाह को लागी त पूरै जीवन बाँकी छ त प्रिय ! मुस्कुराएरबोली। बरु तिमि अहिले जाऊँ चार बजे पछी के एफ सी मा भेट गरू न ल ? आँखीभौ मिलाउदई भनी ।

शुकुमाया यानी शुकु वास्तबमै सुन्दरी थिई । उसको रूपको चर्चा बजार भरी थियो । महिला पुरुष दुबैको पार्लर खोलेपछी त उसलाई भ्याई नभ्याई थियो ।पाँच जना युवती लाई त रोजगार समेत दिएकी थिई ।छबिराम जस्ता अरु छ सातजना उसको प्रेम मा दिवाना थिए । सबैलाई उसले पन्छाउदई गएकी थिई । उनीहरुबाट आफ्नो काम भने सधै पुरा गर्दथी ।

तिमि मेरो पहिलो प्रेमी हो ! यो शब्द सबैलाई भन्दा भन्दा उसलाई कण्ठ थियो । बजारका धनीमानी का छोराहरुउसको बशमा परेका हुन्थे । अल्लारेको यौन चाहना पुरा गरीदिन पनी कहिल्यै पछी परिन ।उसको जीवन मा धेरै आए गए। अब बिबाह गरौ न त शुकु ? केही बर्ष पछी फेरी छबिराम बिबाह को प्रस्ताब लिएर आयो ।

तिमिलाई त मैले भुलीसके ! तिमि आफ्नो बाटो लाग्दा हुन्छ । स्पस्ट रूपमै ठुकराई दिई उसले । छबिरामले धेरै अनुनयबिनय का साथ सम्झायो । शुख खुशीका बाँचा गर्यो तर उसले टेर पुच्छर लगाईन । निराश भएर उ फर्कियो ।

शुकुमायाले पार्लर छोडेर होटेल संचालन गरेको पनी बर्षौ भएछ । अब उसलाई कोही आफ्नो भईदिए हुंन्थ्यो भन्नेभयो ।ढल्कदो उमेर भईसकेकोले उसलाई हेर्ने कोही भएन । उ धेरै लाई धेरै प्रलोभन देखाउथी । अनुनय बिनय पनी गर्दथी ।जीवन भर कमाएको सम्पूर्ण धन सम्पती उसकै नाम गरिदिन्छु समेत भन्दथी तर कोही पनी एक दिन एक रात भन्दा बढ़ी संगैराख्न चाहन्नथे ।

हरी चन्द्र ढकाल

गाऊँघर तिर बाट सोझा साझा गाऊले युवतीलाई काम लगाईदिने बाहना मा उ होटेल मा राख्ने गर्दथी । धेरै प्रलोभन , लोभ लालच मा पारी युवती हरुलाई बजारका युवा रिझाउन सक्ने बनाइहल्थी । कयौ पटक उसलाई प्रहरीले लागेको छ ।बेश्याबृति संचालन गरेको आरोपमा जेल सजाए समेत भोगी सकी उसले । उसलाई जीवन संग नैरस्यता पैदा भयो ।आफ्नो सम्पूर्ण सम्पती बेचर दान गर्ने निर्णयमा पुगी ।

देवघाटमा एक जना माहान पुरुषले बृद्धआश्रम संचालन गरेको जानकारी शुकुमायाले पाई । त्यहाँ एक जना अबिबाहित पुरुषले पचास जना जती बृद्धबृद्धाको सेवा गरेर बसेका थिए । उ देवघाट प्रस्थान गरी ।शुकुमायाकोचाउरिएको अनुहार छबिरामले चिन्न बेर लागेन । छबिराम शुकुमायालाई देखेर निकै भाबुक बन्यो ।दुबै जना धेरै बेर हेराहेरमात्र गरे ।शुकुमायाले आफ्नो जीवन का सम्पूर्ण भोगाईहरु ब्याख्या गरी ।

मेरो दिलमा अझै पनी उतीनै माया र सम्मान छ तिमिलाई ! छबिरामले शुकुमायाको धोल्लीएका हात समाएर भन्यो । बास्तबमै म तिम्रै लागी रहेछु ,मैले समय नचीनेर भूल गरे मलाई माफ गर ।शुकुमाया अंकमाल गर्दै ठुलो स्वरमा रोई ।ठीक छ बचेको जीवन यही संगै बिताउला चिन्ता नलेऊ ! शुकुमायालाई आफ्नो कोठा मा प्रबेश गराउदै छबिरामले भन्यो ।

आफु पस्चतापमा पार्दै ,हर्षित मन का साथ बुढेसकालको शाहारा मिलेकोमा शुकुमाया प्रशन्न भई । समयचीनेको भए आफ्नो सुन्दर संसार हुने रहेछ भन्ने कल्पना समेत गरी ।कसैले रूप ,बैश र पैसा को घमण्ड गर्नु हुदैन भन्नेबिषयमा आजभोली उसको प्रबचन मुख्य हुने गरेको हुन्थ्यो ।

हरी चन्द्र ढकाल , धनकुटा

तपाईको प्रतिक्रिया