संघ र प्रदेश सरकारको मन्त्रीमण्डल पुर्नगठन हुन्छ : मन्त्री आङ्बो

पाँचथर / प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री,नेकपाका केन्द्रिय सदस्य इन्द्र बहादुर आङबोले संघिय र प्रदेश सरकारको मन्त्रीमण्डल पुर्नगठन हुने बताएका छन् । पाँचथरको फिदिममा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा वोल्दै मन्त्री आङबोले उत्कृष्ट कार्य गर्ने मन्त्री रहिरहन सक्ने र केही नयाँ मन्त्रीहरु थपघट गरी मन्त्रीमण्डल पुर्नगठन हुन सक्ने बताएका हुन् ।

यस्तै कार्यक्रममा वोल्दै भर्खर आफनो कार्यकाल सकेर विदाई भएका विधुत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई सरकारले चाँडै पुर्ननियुक्ति गर्न सक्ने बताए । उनले कोभिड १९ को कारण सरकारले लक्ष्य लिए अनुरुपको राजश्व संकलन हुन नसकेको बताउँदै यसले अर्थतन्त्रमा केही असहजता सिर्जना गरेपनि विस्तारै सहज बन्दै जाने बताए ।

सरकारले विशेष गरी स्वास्थ्य र शिक्षालाई वढि जोड दिएको बताउँदै मन्त्री आङबोले अब जिल्लामै प्राविधिक शिक्षालाय वन्ने,जिल्ला अस्पताल पाँचथरमा आइसियू भेन्टिलेटर राख्ने,पिसीआर परिक्षण गर्न मेसिन राखिने बताए ।

तपाईको प्रतिक्रिया