अहिलेकाे राजनीति पैसा कमाउने भाडो भयाे : लाेकप्रसाद संगाैला

माेरङ / प्रदेशसभा सदस्य तथा नेपाली काग्रेसका नेता लोकप्रसाद संग्रौलाले मूलुकको प्रमुख जिम्मेवारी पदमा रहेका केही शिर्ष नेताहरु आफ्नो स्वार्थमा निहित रहदै बाटो विराएर भ्रष्ट भएका कारण देशको विकास हुन नसकेको आरोप लगाएका छन ।

उनले पुर्वेली न्यूजसंगको कुराकानीमा अहिलेको राजनीति परिवेश पैसा कमाउँने भाँडो भएको विचार व्यक्त गर्दै त्याग तपस्या तथा योगदानको राजनितीको खाँचो मूलुकलाई परेको उल्लेख गरे । संग्रौलाले वर्तमान राजनीतिमा इमान्दारीको अति खाँचो परेकोले समाज र देशको विकासका लागि एक अर्कामा सद्भभाव तथा सहकार्यबाट अघि बढ्न सके मूलुकको विकास हुने धारणा राखे । उनले अब यो देश उखान टुक्का तथा जनतामा भ्रम फैलाउँने हावा कुराबाट अघि बढ्न नसक्ने धारण राख्दै अरु विकशित देशको सिको गरेर आर्थिक पक्षलाई ध्यानमा राखेर अघि बढ्न सके स्वर्ग जस्तो सुन्दर यो मूलुकको मुहार उज्यालो हुन समय नलाग्ने धारणा राखे ।

प्रदेश सांसद संग्रौलाले अर्को प्रसङ्गमा उल्लेख गर्दै धेरै जसो स्थानिय तहले समेत जनताको पिर मर्का बुझ्न नसकेको साथै आफु अनुकूलको प्रचार प्रसार मात्र गरेर अराजक भएको बताए । उनले अब मूलुकमा कोरोना कहरको बिचमा पनि विकासको लहर तथा परिवर्तन आउँन आवश्यक भएकोले यूवा शक्तिलाई आत्मा निर्भर बनाएर स्वदेशमा राम्रो काम गर्ने वातावरण मिलाउँन जरुरी भएको उल्लेख गरे ।

सांसद संगौंलाले इमान्दारीताको राजनीतिको खाँचो मुलुकलाई भएको कुरामा थप जोड दिदै इमान्दारीता नै नरहे देश कसरी रहला भन्ने प्रश्न गर्दै हाम्रो भुभागलाइ विदेशीले हस्तक्षेप गरेको अवस्थामा देशका केही शिर्ष नेताले विदेशीको चकडी गरेर उनिहरुको इसारामा चलेका कारण मूलुक धरापमा पारेको धारण राखेका छन् । प्रदेश सभा सदस्य तथा नेपाली काग्रेसका नेता सग्रौलासँग वर्तमान समयको राजनीति परिवेश तथा समसामयिक विषयमा गरिएको भिडियो कुराकानी :

तपाईको प्रतिक्रिया