इटहरी । बिगत पाँच बर्षदेखि सुनसरीको ईटहरीमा होटल म्यानेजमेन्टको पढाई हुँदै आएको प्रिमियर होटल स्कुलले यसै बर्षदेखि स्वीस मोडलमा ब्यबहारिक र सैद्धान्तिक शिक्षालाई जोड दिँदै अघि बढने लक्ष्यका साथ बिद्यार्थी भर्ना अभियान शुरु गरेको छ ।
एउटा बिषय पढेका बिद्यार्थीलाई अर्को बिषयका बारेमा सामान्य ज्ञान समेत नहुने र स्नातक उर्तिण गरेका बिद्यार्थी समेत बेरोजगार बन्नुपरिरहेको बर्तमान अबस्थामा पढदै काम गर्दै गर्ने र एउटा बिषय पढेका बिद्यार्थीलाई अन्य बिषयमा समेत ज्ञान दिने उद्धेश्यका साथ ईटहरीमा पहिलोपटक यो मोडलको शिक्षा दिन लागिएको हो । स्वीस मोडलको नयाँ शिक्षा,शिक्षा क्षेत्रको बर्तमान अबस्था र भावी कार्ययोजनाका बारेमा स्कुलका कार्यकारी प्रमुख सुनिल भुषाल सँगको भिडियो कुराकानी :