आजको राशिफल / वि.सं. २०७७ आश्विन ०१ (सेप्टेम्बर १७ तारिख) बिहीबार || बुढानिलकण्ठकाे कृपाले यहाँकाे दिन शुभ रहाेस्

वि.सं. २०७७ आश्विन ०१ गते बिहीबार तदनुसार ई. सं. २०२० सेप्टेम्बर १७ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य दक्षिणायन, शरद् ऋतु, ने.सं. :– ११४०, (अनलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:४२ बजे र सूर्यास्त : साँझ ०५:५७ बजे, काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:५० बजे र सूर्यास्त : साँझ ०६:०५ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:५५ बजे र सूर्यास्त : साँझ ०६:११ बजे, आश्विन कृष्णपक्षको  अमावस्या तिथि, साँझ ०५:०१ बजेसम्म, त्यसपछि प्रतिपदा तिथि, पूर्वाफाल्गुनी नक्षत्र, दिउँसो १०:५६ बजेसम्म, त्यसपछि उत्तराफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा, दिउँसो ०४:३५ बजेसम्म, त्यसपछि कन्या राशिमा, शुभ योग, मध्यरात्रीपछि ०२:४६ बजेसम्म, त्यसपछि शुक्ल योग, चतुष्पाद करण, साँझ ०५:०१ बजेसम्म त्यसपछि नाग करण, आनन्दादि योग : गद, चन्द्रवर्ण : रातो, चन्द्रदिशा : पूर्व, योगिनीदिशा : ईशान, वारशूल : दक्षिण, कालराहु : दक्षिण, आजको चाडपर्व र उत्सव : आश्विन सङ्क्रान्ति, सोह्रश्राद्धअन्तर्गत अमावस्या श्राद्ध, दर्श श्राद्ध, औंसी श्राद्ध, पितृ विसर्जन, हलो तथा निशि बार्ने दिन, श्री विश्वकर्मा जयन्ती, वास्तु दिवस

आगामी ३ दिनभित्र पर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :– ०२ गते : चन्द्रोदय, अधिक मास परम्भ, अपूप दान सुरु, मस्त्यनारायण मेला प्रारम्भ, ०३ गते : संविधान दिवस, द्विपुष्कर योग बिहान ०७।५३ बजेदेखि दिनको १२।२४ बजेसम्म, ०४ गते : भद्रा करण राती ०८।४५ बजेदेखि उप्रान्त,

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

निराशा र वैराग्यका भावनाहरू देखा पर्ने सम्भावना छ, तर मूलतः बौद्धिक र चिन्तनमूलक काममा दिन बित्नेछ । प्रेम तथा प्रणयका क्षेत्रमा राम्रो फल छैन । त्यसैले पारिवारिक सम्बन्ध वा सन्ततिका विषयमा विवादको परिस्थिति पनि आउन सक्छ । तर्कवितर्क वा विवादको स्थिति आउन बेर लाउँदैन, तर आँफू चुप लागेर बस्नु नै जायज हुनेछ । आजका लागि शुभअङ्क : ५ र शुभरङ्ग : हलुका नीलो वा आकाशे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हयग्रीवाय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

दिनको सुरुवातमा आलस्य र थकानको महसुस भए पनि आनन्द र उल्लासको वातावरणमा समय व्यतीत हुनेछ । आम्दानीको नयाँ स्रोत देखा पर्नेछ । डुबेको धन अप्रत्याशित ढङ्गले फिर्ता आउन सक्छ । परिवारका सदस्यहरूमा खुसी हुनेछ । दिन ढल्दै जाँदा ज्ञानमूलक क्षेत्रमा आकर्षण बढ्ने छ । पठनपाठनमा मन जानेछ । आजका लागि शुभअङ्क : ४ र शुभरङ्ग : रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः न्यूनतम जापसङ्ख्या : ०९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

सन्तुष्टिको अनुभूति हुनेछ । दाजुभाइ र बन्धुवान्धवले सकेको सहयोग गर्नेछन् । कुनै कामको नेतृत्व गर्ने अवसर प्राप्त हुनेछ । साँझमा चतुर्थ भावमा चन्द्रमाको प्रवेश हुनेछ, त्यसपछि राम्रो÷नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । बेलुका झिनामसिना घरायसी समस्याहरू देखापर्न सक्छन् । जीवनसाथीसित ठाकठुक पर्ने सम्भावना छ तर तुरुन्त सुलह हुनेछ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

वित्तीय पक्ष राम्रो छ । सहकर्मी एवं सहयोगीहरू टाढिन सक्छन् । मिहिनेतबाट सोचेजस्तो लाभ नमिल्नाले दिक्क लाग्नेछ यद्यपि रोकिएका छुटपुट काम सम्पादनका लागि समय ठिकै छ । सामाजिक क्षेत्रमा सक्रियता बढेपनि खर्च गर्न मन हौसिने योग छ । घरायसी र पारिवारिक झैझमेलामा केही समय बित्नसक्छ । मातापिता वा अभिभावकवर्गका चाहनालाई पूरा गर्न सकिंदैन । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : घिउ रङ हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ वैभवलक्ष्म्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

चन्द्रमा राशिमा रहेकाले मनमा उमङ्ग रहने दिन छ । तर पारिवारिक समस्या र उल्झनमा समय दिनु पर्नेछ । आर्थिक पक्ष सबल छैन, कुनै वस्तु खरिद गर्दा महँगोमा पर्न सक्नुहुन्छ । बन्दव्यापारबाट बेफाइदा हुँदैन । गरेका काम ढिलो गरी सम्पन्न हुनेछन् । नातागोताभित्रका सदस्यहरूको समस्यामा रुमल्लिनु पर्ने समय छ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : सिम्रिक रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अनन्ताय नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

वहस र वादविवादमा विजय प्राप्त हुनेछ । परोपकारका क्षेत्रमा आकर्षण बढ्ने छ । नयाँ कामको वातावरण तैयार हुनेछ, अर्थलाभका अवसर आउने छन् । पारिवारिक जीवन सन्तोषप्रद रहने छ । बेलुकीपख मनमा हौसला जाग्नेछ, असन्तुष्टि समाप्त हुनेछन् । अधुरा कामहरू पूर्ण हुन थाल्नेछन् । स्वास्थ्यमा क्रमिक रूपमा सुधार हुनेछ । वादविवादमा विजय प्राप्त हुनेछ । आजका लागि शुभअङ्क : ३ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ त्र्यम्बकाय नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय हुनेछ, कर्मप्रति इमानदार र लगनशील भइने छ । आजका लागि शुभअङ्क : २ र शुभरङ्ग : सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ बगलामुखीदेव्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

कर्मचारीले हाकिमलाई खुसी पार्न सक्छन् । ठूलाबडाको सहयोग र सल्लाहले राम्रो फाइदा लिन सकिने छ । सन्तानपक्षबाट सन्तुष्टि मिल्नेछ । आफ्नो क्षेत्रमा साख रहनेछ । धार्मिक÷सामाजिक र सांस्कृतिक क्रियाकलापमा सक्रिय भइनेछ । गरेका काममा सफलता पाइने छ । चिन्तनमूलक र बौद्धिक काममा समय निकाल्न सकिंदैन, तर श्रममूलक काममा फाइदा लिन सकिने छ । आजका लागि शुभअङ्क : १ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ विष्णवे नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

कल्याणको काम र जनहीतका लागि समय र धनको उपयोग गरिने छ । बौद्धिक र प्राज्ञिक उन्नयनका लागि गरिएको प्रयास सफल हुनेछ । आर्थिक पक्ष बलियो देखिन्छ । स्वास्थ्यमा सुधार आउने छ । बन्दव्यापार र कामधन्धाका क्षेत्रमा खट्ने समय आएको छ । लामो दूरीको यात्राका लागि अनुकूल समय छ । दिनभरि लाभमूलक परिणाम प्राप्त हुनेछ । आजका लागि शुभअङ्क : ९ र शुभरङ्ग : सेतो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ परब्रह्मणे नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

दिनभरि विभिन्न बाधाअड्चन ब्यहोर्नु पर्ने हुन्छ । निराशा हुने र भाग्यबलमा कमी भएको अनुभूति हुनेछ । व्यवहारिक कारणले पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । बन्दव्यापारमा उतारचढाव आइरहने छ । एकाबिहानै घाटा ब्यहोर्नु पर्ने स्थिति आइलागे पनि साँझपख भाग्यमा चन्द्रमाको प्रवेश हुने भएकाले अवस्था सन्तोषजनक देखिने छ । बिस्तारै निराशा र तनावको अन्त्य हुनेछ । आजका लागि शुभअङ्क : ८ र शुभरङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ हं हनुमते रुद्रात्मकाय हुं फट् न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

रामरमाइलो गर्न मन हौसिने योग छ, पारिवारिक जीवन सामान्य ढंगले अघि बढ्ने छ । तर साँझमा चन्द्रमाले आयुक्षेत्रमा प्रवेश गर्ने भएकाले मानसिक तनाव बढ्ने छ । धैर्यता र संयमता अपनाउनु राम्रो हुन्छ । आफूले भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । मित्र वा नातेदारले अपमानित तुल्याउन सक्छ । आजका लागि शुभअङ्क : ७ र शुभरङ्ग : गुलाबी वा सिन्दूरे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ इन्द्राण्यै नमः न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

घरायसी सुखसुविधा बढाउने कुनै महँगो वस्तुको किनमेल गर्न मन लालायित हुनेछ । यात्रा लाभप्रद बन्न सक्छ, धेरै टाढा पनि जानु पर्दैन । दिनभरि मन प्रफुल्ल रहनेछ । शान्त र रमाइलो वातावरणको सिर्जना हुनेछ । व्यवहारिक र व्यवसायिक चिन्तनका लागि उपयुक्त समय छ । घरायसी सुखसुविधा र मायाप्रेमका लागि समय निकाल्नु पर्ने देखिन्छ । आजका लागि शुभअङ्क : ६ र शुभरङ्ग : छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ अश्विनीकुमाराभ्यां नमः न्यूनतम जापसङ्ख्या : २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

ज्योर्तिबिद तथा बास्तुविद कोइराला पिण्डेश्वर बिद्यापिठ धरानमा सहप्राध्यापक हुनुहुन्छ ।

कृष्ण प्रसाद काेइरालाबाट थप

आजको राशिफल / वि.सं. २०७७ कार्तिक १० गते सोमबार || श्री पाथिभरा माताकाे कृपाले यहाँकाे दिन शुभ रहाेस्

आजको राशिफल / वि.सं. २०७७ कार्तिक ०९ गते (अक्टोबर २५ तारिख) आइतबार || श्री पाथिभरा माताकाे कृपाले यहाँकाे दिन शुभ रहाेस्

आजको राशिफल / वि.सं. २०७७ कार्तिक ०८ गते (अक्टोबर २४ तारिख) शनिबार || श्री पाथिभरा माताकाे कृपाले यहाँकाे दिन शुभ रहाेस्

आजको राशिफल / वि.सं. २०७७ कार्तिक ०७ गते (अक्टोबर २३ तारिख) शुक्रबार || श्री पाथिभरा माताकाे कृपाले यहाँकाे दिन शुभ रहाेस्

आजको राशिफल / २०७७ कार्तिक ०६ गते (अक्टोबर २२ ) बिहीबार || श्री पाथिभरा माताकाे कृपाले यहाँकाे दिन शुभ रहाेस्

आजको राशिफल / २०७७ कार्तिक ०५ गते बुधबार (अक्टोबर २१ तारिख) || यी राशिहरूकाे चम्किनेछ भाग्छ

आजको राशिफल / वि.सं. २०७७ कार्तिक ०४ गते मङ्गलबार ( अक्टोबर २० तारिख) || कुन राशिका लागि शुभ ?

आजको राशिफल / वि.सं. २०७७ कार्तिक ०३ गते (अक्टोबर १९ तारिख) सोमबार || कुन राशिका लागि शुभ ?

आजको राशिफल / २०७७ कार्तिक ०२ गते (अक्टोबर १८ तारिख) आइतबार || श्री पाथिभरा माताकाे कृपाले यहाँकाे दिन शुभ रहाेस्

आजको राशिफल / ०७७ कार्तिक ०१ गते (अक्टोबर १७ तारिख) शनिबार || संकटा माताले सबैको कल्याण गरुन

तपाईको प्रतिक्रिया