मोरङ बेलबारीमा कोरोनाबाट २ जनाको मृत्यु

बेलबारी । उपचारका क्रममा मृत्यु भएकी मोरङको बेलबारी नगरपालिका वडा नम्बर ७ की ६८ बर्षीया महिलामा कोरोना पुष्टी भएको छ । बिराटनगरस्थित नोवेल मेडिकल कलेजमा पित्त थैलिको अप्रेसनपछि मृत्यु भएकी महिलामा कोरोना पुष्टि भएको हो । नोवेल मेडिकल कलेजमै उनको पिसिआर गरीएको बेलबारी नगरपालिका स्वास्थ्य शाखाका कर्मचारी सन्तोष विश्वकर्माले बताए ।

उनका अनुसार यो सगै बेलबारीमा मृत्यु हुनेको सख्या २ पुगेको छ । यसअघि बेलबारी ५ की एक महिलाको विपि कोइराला स्वास्थय बिज्ञान प्रतिष्ठान घोपोको कोभिड अस्पतालमा मृत्यु भएको थियो । बेलबारीमा कोरोना संक्रमितको संखया ३३ पुगेको छ ।

तपाईको प्रतिक्रिया