इटहरीको बुढी खोलामा व्यवारिसे अवस्थामा पुरुषको शव फेला, पहिचान गरिदिन प्रहरीकाे अनुराेध

इटहरी । इटहरीको बुढी खोलामा एक पुरुषको शब भेटिएको छ । इटहरी १० बरगाछी टोल नजिक नामथर नखुलेको एक पुरुषको शब भेटिएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

शब भेटिएका पुरुषको बतन नखुलेको भन्दै इलाका प्रहरी कार्यालय इटहरी तस्विर सार्वजनिक गरेको छ । शबलाई पोष्ट मार्टमको लागि धरान स्थित बीपी कोईराला विज्ञान प्रतिष्ठान धरान पठाईएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । नाम,थर र ठेगाना पत्ता नलाग्दा अनुसन्धानमा समस्या भएको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया