इटहरीमा थपिए २० कोरोना संक्रमित

इटहरी / इटहरीमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भदौ २६ र २७ गते संकलन गरिएको स्वाब मध्य २० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेहरु इटहरी ४ का ३३ वर्षिय पुरुष,इटहरी ५ का ४२ र ४६ वर्षिय पुरुष ,इटहरी ९ का ८ महिनाको वालक र १९ वर्षिय महिला, इटहरी १० का २७,६५ र ७० वर्षिय पुरुष, इटहरी १३ का १८ र ४५ वर्षिय पुरुष रहेका छन् ।

त्यसैगरी इटहरी १६ का ४४ वर्षिय पुरुष, इटहरी १९ का ५५ वर्षिय पुरुष, इटहरी २० का ३७ वर्षिय २ जना महिला र ३० बर्षिय पुरुष, ससस्त्र प्रहरीका ३३ र ३८ वर्षिय पुरुष, इलाका प्रहरी कार्यालय इटहरीका २४ वर्षिय पुरुष र ३५ वर्षिय महिलामा संक्रमण देखिएको छ । साथै सुन्दरहरैचा ५ का ३० वर्षिय पुरुषमा पनि संक्रमण पुष्टि भएको हो । इटहरीमा हाल सम्म संक्रमण पुष्टी हुनेको संख्या ३५० पुगेको छ ।

तपाईको प्रतिक्रिया