प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारमा डा खतिवडा

काठमाडौँ / सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहकारमा डा युवराज खतिवडालाई नियुक्त गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले मन्त्रिस्तरीय सुविधा पाउने गरी पूर्वअर्थमन्त्री डा खतिवडालाई सल्लाहकारमा नियुक्त गरिएको जानकारी दिए ।

यसअघि डा खतिवडा सञ्चार तथा सूचनामन्त्री पनि रहेका थिए । संवैधानिक व्यवस्थानुसार उनको यही भदौ २० गतेदेखि पदावधि सकिएको थियो ।

तपाईको प्रतिक्रिया