कविता : काेटेराे मुनिया

काेटेराे मुनिया जाेडी
भाले पाेथी दुवैमिली
जुम्रा मारेर पाेथीका
माया गर्छ सधैभरि ।।

भाले ढलिमली गर्दै
नखरा धेर पार्दछ
पाेथी छेउ गई भाले
जुम्रा मारी फकाउँछ ।।

मदहाेस भई पाेथी
आँखा चिम्लेर वस्दछे
फ्याकेर माेहनी जाल
भालेलाई फसाउछे ।।

हाँचकाहाँचभै उड्छन्
चाराे चर्दा सवै संगै
मिलेर चर्दछन् वस्छन्
चउरमा सधै सधै ।।

पन्छी (अनुष्टुप छन्द)
जिवनाथ नेपाली पाेखरेल (पन्छी)
इनरुवा ५ पन्छी चाेक वलाहा

तपाईको प्रतिक्रिया