कविता : म निर्मला पन्त (सरकार खै त न्याय )??

शन्यतामा हाराएको बस्ती देखि
आजित बन्दै गएको मेरो आत्मालाई
किन कोहि मान्दैनन् छोडन मेरा अंकल बाहुहरु?
अनि किन थुनिदिन्छ्न मेरो मुखलाई?
जबकि म चिच्याईरहदा पनि सुनेन यो मेरो बैरो समाजले
खै अँखामा पट्टि बाँधेर प उभिएको छ कि मेरो देशको कानुन?
साच्चै अन्धो नै रहेछ रत छुट्टाउन सक्दैन
के सहि?के गलत ?

हरेक पटक लुटिदै गर्दा एक नारी
र पनि किन चुपचाप बसिरहेका छ्न ती अक्षरहरु ?
कि ती अक्षरहरु पनि म जसरि नै पटकपटक लुटिरहेका छ्न?
कि काटिएका छ्न जिब्रोहरु ,कहिल्यै बोल्न नसक्ने गरि?
प्रसब पीडाको चित्कारले बिउँझिएको छोरो
तेहि चित्कारको मस्तिष्कमा गुन्ज्दै गर्दा
किन तत्पर बनिदिन्छ आफनै कोखलाई संभोग गर्न ?
अनि किन सरिक बनिदिन्छ ती हत्केलाहरु
आफ्नै आमाको बक्षस्थल निमोठन ?
अन्तिम संभोगको पसिना नसुकदै
फेरिपनी अर्कोपटक तयार बन्न बाध्य छिन कुनै
नारी बेशयालयको एउटा अध्यारो कोठा भित्र ।

नम्रता ढुंगाना

जुन कोठा भित्र एक पुरुष उनी संगको
रंगिन रातको कल्पना गर्दै भित्रीएको हुन्छ?
र पनि खै किन डराउछ उ यौनि बाट निस्किएको रातो रगत देखि?
सायद उसले त्यो रगल भित्र आफ्नो मातृत्व देखेको हुनुपर्छ ।
देबिलाई पुज्न आउने पुजारी हरु
किन तेहि देबि पुज्न आउने युवतीको यौबनमा लिप्त हुन्छन् ?
अनि नग्न तस्बिर बनाउदै
किन स्खलित हुन्छ कोहि चीत्कार ?
अनि किन हरेक रात पटकपटक बलात्कृत बन्छिन एउटाी
नारी ,
आफनै श्रीमान् बाट
अनि छेउको खाट बाट ट्वाल्ल हेरिरहेको बच्चाले के सिकोस?
बलात्कार ।

रजस्वलाको पिडा देखी अनबीज्ञ बिचरि
किन यौनि बाट बगदै गरेको रगत देखेर तर्सिन्छिन ?
र पनि खै किन झम्टिरहन्छ्न अज्ञानी गिद्द जसरी ?
सायद उस्को यौवनको धर्मले नारिइलाई देबि
मान्दैन ,मान्दै मान्दैन।
अनि तेहि रगतमा रंगीएकि म १३ बर्से निर्मला
पुनः रंगिएकि छु रास्ट्रीयताको भिताहरुमा
फेस्बुका भिताहरुमा

तर न्यायालयको भिताहरुले किन सुन्दैनन मेरो
अन्तिम चित्कारलाई ?
अनि किन बाध्य छु स्वर्गबाट पनि सयौ,
निर्मलाहरुलाई हेरिरहन ?
र आजपनि स्वर्गको अन्तिम खुड्किलोमा
बसेर चिच्याईरहेको छु।
र तेहि एक प्रश्न बारम्बार गरिरहेको छु ।
सरकार खै त न्याय ???…….
नम्रता ढुंगाना
इटहरी -५ सुनसरी

तपाईको प्रतिक्रिया