अब धैर्यता टुट्याे, हाेटल व्यवसाय खाेल्नुकाे बिकल्प छैन् : अध्यक्ष पराजुली

इटहरी / काेराेना महामरीले प्रभावित भएकाे व्यवसाय मध्य हाेटल व्यवसाय पनि एक हाे । नेपालमा काेराेना महामारी सुरू भएयता हाेटल व्यवसाय पुर्ण रूपमा संचालन भएका छैन् । याे अवस्थामा धेरै हाेटल व्यावसायीहरू पलायन हुने अवस्थामा पुगेका छन् ।

यसै बिचमा इटहरीका हाेटल व्यवसायीहरूले सरकारले अनुमति नदिए पनि असाेज १ गते बाट हाेटल खाेल्ने बाएका छन् । त्यसै बिच उनिहरूले जिल्ला प्रशासन कार्यालय सुनसरी, इटहरी उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय इटहरी, उद्योग बाणिज्य संघ इटहरी, होटल तथा पर्यटन व्यवसायी सघ प्रदेश १ मा ज्ञापन पत्र बुझाएका छन् ।

यति लामाे समय बन्द हुदा हाेटल व्यवसायकाे अवस्था कास्ताे छ, अब हाेटलहरू कहिलेबाट संचालन हुन्छन् लगायतका बिषयमा हाेटल व्यवसायी संघ इटहरीका अध्यक्ष जिवन पराजुली सग गरिएकाे कुराकानीकाे सम्पादित अंश ।

लकडाउन यता सबै हाेटल व्यवसायहरू बन्द छन्, याे अवस्थामा हाेटल व्यवसायमा कस्ताे प्रभाव परेकाे छ ?

आजकाे दिन सम्म आउदा हाेटल व्यवसायीहरू राेगले हैन भाेकले मर्ने अवस्था आएकाे छ । हाम्राे लगानी सुरक्षित छैन, घरकाे भाडा र बैंककाे लाेनले थिचेकाे छ । अब उठ्न सक्ने अवस्था छैन् । हामि अब दुइ चरणमा हाेटल खाेल्दै छाैँ । यहि अवस्था हाे भने हाेटल व्यवसायी डाडु, पुनिउ, काटा, चम्चा लिएर सडकमा आउनुकाे बिकल्प छैन् ।

के आधार र कुन सुरक्षा मापदण्डले असाेज १ गतेबाट हाेटल खाेल्दै हुनुहुन्छ?

हामि नेपाल सरकारले ताेकेका सबै सुराक्षाका उपाय पलना गरेर व्यवसाय गर्छाै । अरू कुरा खुल्लम खुल्ला हुदा काेराेना नसर्ने हाेटलमा सुरक्षित तरिकाले सेवा दिदा काेराेना सर्ने याे कस्ताे भ्रम हाे । हामिले ग्रहकलाइ तानेर ल्याउने पनि हैन उहाँहरूले सुरक्षित महसुस गर्नु भए भने मात्र आउने हाे ।

हाेेटल व्यवसायीहरूले अहिले कस्ता गुनासाहरू गरिरहेका छन् ?

व्यवसायीहरूले अहिले घर भाडा र बैंकाे व्याज तिर्न सकिरहनु भएकाे छैन् । बैंकले कुनै छुट दिएन, बरू उल्टै लाेन दिए झन अप्ठ्याराे बनाउने काम भएकाे गुनासाे आइरहेकाे छ । अब कहिलेबाट हाेटल खाेल्ने भनेर बारम्बार फाेन आइरहेकाे छ । अब सुरक्षित तरिकाले हाेटल खाेल्नुकाे बिकल्प छैन् । अब त धैर्यता पनि टुटिसकेकाे छ ।

हाेटल व्यवसायमा आवद्ध कर्माची / कामदारहरूकाे अवस्था कस्ताे छ, उनीहरूलाइ भाेकै बस्न नदिन के के गर्नु भएकाे छ ?

उहाँहरू बेराेजगार हुनु हुन्छ, घरमा त्यसै बसिरहनु भएकाे छ । त्यसले गर्दा डिप्रेसनमा जाने खतरा छ । हाम्राे व्यवसाय कहिले खुल्छ हामिले कहिलेबाट काम गर्न पाउछाै भनेर साेधिरहनु भएकाे छ । उहाँहरू धेरै चिन्तित हुनुहुन्छ । कर्मचारीलाइ भाेकै बस्न नदिन मैले लकडाउन दुइ महिना आफ्नै खर्चमा सहयाेग गरे । त्यसपछि सबै हाेटल व्यवसायीले उहाँहरूलाइ छुट्टि दिनु भयाे । कति गाँउ घर जानु भयाे, यहि भएकालाइ कम्तिमा दाल भात खुवाएर राखेका छाैँ । अब हाेटल नखुलि कुनै समस्याकाे समाधन हुने अवस्था छैन ।

अब इटहरीका हाेटलमा ग्राहकले कहिले बाट सुरक्षित तरिकाले सेवा लिन पाउछन् ?

अब पुर्ण सुरक्षित भएर ढुक्कका साथ सेवा लिन त लामाे समय लाग्ला तर पनि अब सुरक्षाका उपाएकाे पालना गर्दै संचालन गर्नुकाे बिकल्प छैन् । हामि पनि सुरक्षित भएर ग्राहकलाइ सेवा प्रदान गर्ने छाै । र तपाइ ग्राहकपनि हाेटलमा आउदा सुरक्षित भएर आउनु पर्छ ।

तपाईको प्रतिक्रिया