केटीले यौन भिडियो बनाएर बार्गेनिङ गरेपछि…

धरान / धरानमा जबरजस्ती करणी प्रकरणको भिडियो केटी आफैले बनाएको खुलेको छ । धरान १८ बुद्ध चोक स्थित कान्तिपुर होटेलमा यही साउन २६ गते भएको करणी प्रकरणको भिडियो केटी आफैले बनाएको खुलेको हाे । बालिकालाई ललाइ फकाइ गरी होटेलमा ल्याइ जबरजस्ती करणी गरेको भनी पीडितकी आमाले इलाका प्रहरी कार्यालय धरानमा जाहेरी दिए पछि प्रहरीले अनुसन्धान सुरू गरेकाे थियाे । जबरजस्ती करणी आरोपमा रामधुनी नगरपालिका ७ झुम्काका ४६ वर्षीय मोहम्मद ईर्साद आलमलाई प्रहरीले पक्राउ गरेको छ ।

अनुसन्धानका क्रममा रिकभर गरेको भिडियो मोरङ घर भएकी १६ वर्षीय बालिकाले बनाएका खुलेको प्रहरी स्रोतले जनाएको छ । प्रहरीले मोबाइलबाट डिटेल भएको भिडियो रिकभर गरेर प्रहरीले अनुसन्धानलाई तीव्र दिएकाे थियाे । अनुसन्धान गर्दा मोबाइल होटलको कोठामा योजनाबद्ध ढङ्गले राखी यौन सम्बन्धको भिडियो बनाइएको पाइएको छ । भिडियो को अन्तिममा पीडित केटीले २ हजार नगद समेत लिएको देखिएको प्रहरीले जनाएको छ ।

साथै आलम र बालिका बिच भएको यौन गतिविधिको भिडियो देखाएर दुई युवाले बार्गेनिङ सुरु गरेका थिए । आफूलाइ प्रहरी भएकाे बताउने उनिहरूले ३ लाख दिएर मिलाऊ भनेका थिए । आलमले आफूसँग बार्गेनिङ गरेको भन्दै प्रहरीमा उजुरी दिँदा आफै पक्राउ परेका थिए । त्यस पछि यौन भिडियो बनाएर बार्गेनिङ गरेको आरोपमा दुई युवा पक्राउ परेका हुन् । पक्राउ पर्नेमा इटहरी २ का २१ वर्षीय समीर मगर भन्ने सन्दीप देवान र रामधुनी ५ का ३४ वर्षीय डन दाइ भन्ने गणेश दर्जी रहेका छन् । उनीहरूले नै केटीको सहमति र मिलेमतोमा भिडियो बनाएको बयान दिएका छन् ।

जिल्ला प्रहरीका कार्यालय सुनसरीले अनुसन्धानको सबै कुरा सार्वजनिक गर्दा प्रहरीलाई अनुसन्धानमा असर पर्ने बताउँदै जबरजस्ती करणी प्रकरण र भिडियो बार्गेनिङमा प्रहरीलाई चाहिने प्रमाणहरू जुटेकाे प्रतिक्रिया दिएकाे छ । पीडित बालिकाको उमेर नपुगेकाले सबै कुरा भन्न नमिल्ने प्रहरीले बताएकाे छ ।

तपाईको प्रतिक्रिया