पूर्वकाे ताप्लेजुङ्गदेखी बाजुरासम्म क्लासिकटेक

काठमान्डाैं /  इन्टरनेट सेवा प्रदायक क्लासिक टेक प्रालिले पछिल्लो दिनमा आफ्ना ग्राहकहरुको लागि सेवा बिस्तारगर्ने क्रमलाई तिब्रता दिएको छ । कम्पनीले अहिलेको विषयम परिस्थितीमा इन्टरनेट सेवाका साथै विभिन्न संघ संस्थाहरुले प्रयोग गर्ने इन्ट्रानेट सेवा पनि उपलब्ध गराउँदै आएको छ। क्लासिक टेकले पूर्वकाे ताप्लेजुङ्गदेखी बाजुरासम्म  आफ्नो सेवा बिस्तार गरिसकेकाे छ ।

इन्ट्रानेट सेवा विशेषगरि बैंक तथा वित्तीय संस्थाहरुको लागि निरन्तर मागअनुसार जडान गर्दै आएको छ । लकडाउनको समयमा पनि निरन्तर जडान र ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

कोरोना संक्रमणको जोखिमसँगै प्रयोग हुँदै आएको टेलिमेडिसिन सेवामा पनि कम्पनी यो सेवा उपयोग गर्न सकिन्छ । देशका दूर्गम भेगहरुमा टेलिमेडिसिन सेवा प्रयोग र उपयोग गरेर डाक्टरहरुले बिरामीहरुको उपचार गर्न सकिन्छ । यसको लागि क्लासिक टेकको गुणस्तरीय र भरपर्दो सेवाले टेलिमेडिसिन सेवालाई विश्वसनिय बनाउनेछ ।

पिसिआर टेस्ट गरेर आफ्ना कर्मचारीहरुलाई पठाउने र आएपछि पनि पुन पिसिआर गराउने गरेको हुँदा निकै सुरक्षित वातावरणमा सेवा दिईरहेको छ । कम्पनीले पैदल नै जानुपर्ने स्थानहरु तथा संस्थाहरुमा पनि सेवा उपलब्ध गराएको छ ।

‘हामीले अहिलेको कठिन परिस्थितीमा कतिपय स्थानहरुमा भोकै बसेर र घण्टौं पैदल हिँडेर समेत सेवा चाहिएको स्थानमा इन्ट्रानेट सेवा उपलब्ध गराउँदै आएका छौं, हामी हाम्रा ग्राहकहरुलाई उच्चस्तरीय सेवा दिनका लागि निरन्तर प्रतिबद्ध छौं,’ कम्पनीका प्रतिनिधिले भने ।

नेपालको प्रमुख इन्टरनेट सेवा प्रदायक कम्पनीमध्येको एक क्लासिक टेकले ग्रामीण भेगका कतिपय स्थानहरुमा विद्युतको उपलब्धता नभएपनि सो स्थानमा सोलार प्रणालीमार्फत इन्ट्रानेट सेवा उपलब्ध गराएको छ । यस बाहेक कम्पनीले सेवा उपलब्ध गराएपछिको मर्मत संभारको लागि तत्काल कर्मचारीहरु उपलब्ध गराएर सेवा प्रदान गरिहेको जनाएको छ ।

यसका साथै क्लासिक टेकले यसभन्दा पनि कठिन र दूर्गम भेगमा आफ्नो इन्टरनेट र इन्ट्रानेट सेवा उपलब्ध गराउन काम गरिरहेको छ र जस्तोसुकै परिस्थितीमा पनि सेवाग्राहीहरुलाई सेवा गर्न सँधै तत्पर रहेको बताएको छ।

तपाईको प्रतिक्रिया