पथरीको जंगलमा लकडाउनका बिच आर्मीको फायर क्याम्प, रात्रिभोजमा नेता, गायक देखि स्वास्थ्य अधिकृत समेत सहभागी

माेरङ । विश्वमा कोभिड १९ को महामारीको सामना गरिरहेको छ । जनस्वास्थ्य जस्तो संबेदनशिल क्षेत्रको नेतृत्व गरिरहेको अधिकृत नै नेपाली सेनाले चलाएको रमाइलो भोजमा सहभागी हुने गरेको रहस्य खुलेको छ ।

चर्चित गायक डम्बर नेपाली, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य नेता तथा पथरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष विजय डाँगी र पथरीशनिश्चरेका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य नेपाली सेनाले चलाएको तालिममा रात्री भोज गर्न गएको प्रमाण समेत फेला परेको छ ।

मोरङको पथरीशनिश्चरेको जंगलमा नेपाली सेनाको तालिम चलि रहेको थियो । सो तालिमको नेतृत्व मेजर देव गुरुङले गरिरहेका थिए । सुर्यदल गण विराटनगरको फायर क्यम्पको भाद्र २० गते शनिवार अन्तिम दिन थियो । अन्तिम दिन भएकाले रातको २ बजे सम्म जंगल जाने आउने युवाहरुको बाक्लो उपस्थिती रहेको थियो । त्यहि टोलीमा थिए गायक डम्बर नेपाली, युवा नेता विजय डाँगी र स्वास्थ संयोजक मुरारी आचार्य ।

सहज समयमा पनि नेपाली सेनाले चलाएको कुनै पनि तालिममा सेना इतरका व्यत्तिहरु प्रबेश गर्न नपाइने नियम छ । त्यसमा पनि कोरोना संक्रमणका कारण बाहिरका व्यत्तिहरु त्यस्ता स्थानमा प्रबेश गर्न मिल्दैन । अन्य क्षेत्रका व्याक्ति सेनाको तालिम क्षेत्रमा प्रबेश गरे कोरोना संक्रमण वढने सन्त्रास हुने नेपाली सेना कै अधिकृतले वताउदै आएका छन् ।

मोरङको पथरीशनिश्चरेको जंगलमा केहि दिन देखि सुर्यदल गण थलाहाको टोलीको तालिम स्थानमा सुरक्षा व्यावस्था अपनाएको देखिदैन । तालिम क्षेत्र त्यसै पनि संबेदनसिल क्षेत्र हो । त्यहाँ नेपाली सेनालाइ हरेक रणनितीका कार्यक्रम हुने गर्दछन् । नेपाली सेनाका निर्देशन सिकाई हुने गर्छ । आर्मी भित्रको शाशन कडा हुन्छ र देशको रक्षा गर्ने ठुलो जिम्मेवारी हुन्छ । तर सुर्यदल गण विराटनगरको मेजर देव गुरुङले पदको दुरुपयोग गर्दै आएको देखिन्छ ।

सुर्यदल गणका गुरुङले फायर क्याम्पमा बाहिरका ब्याक्तीहरु लगेर पाटी गरेको देखिन्छ । फायर क्याम्पमा गायक नेपाली, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य डाँगी र पथरीशनिश्चरेका स्वास्थ संयोजक आचार्यको राति पारिवारीक भेटघाट र बासै उतै हुने गरेको देखिन्छ ।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य विजय डाँगी र मेजर देव गुरुङको मित्रताको कारणले उनीहरु फायर क्याम्पमा आउजाउ गर्ने गर्दथे । २१ गते डागीले आफ्नो फेसबुक स्टोरीमा फायर क्याम्प जादाको तस्विर पोष्ट गरेका थिए । चौतर्फी आलोचना भए पछि डागीले उक्त तस्विरहरु हटाएका छन ।

सुरक्षालाई चुनौती दिदै राती जंगलबाट आवत जावत गर्ने धेरै मोटरबाईकहरुको घुईचो थियो । पथरीशनिश्चरेमा सुरक्षा निकाय फितलो भएका कारण र सुरक्षा निकायबाटै यस्ता कार्य भए पछि पथरीमा शान्ति शुरक्षाको चौतर्फी आलोचना हुदै आएको छ । केहि समय यता पथरीशनिश्चरे शिल र लक डाउन भएको समयमा प्रहरीकै अगाडी अबैधानीक रुख काटिएको थियो । लकडाउनको समयमा पथरीशनिश्चरे नगर भित्र झै–झगडा र जुवा तास खेल्नु सामान्य भएको देखिन्छ ।

तपाईको प्रतिक्रिया