नेपाली काँग्रेसको १४ औँ महाधिवेशनमा वडा देखि केन्द्रसम्म क्षमता भएकालाई सङ्गठन र योगदान भएकाहरुलाई सरकार सुम्पिऔँ

नेपाली काङ्ग्रेस पार्टीको सङ्गठन सामाजिक सम्पति हो । किनकि काङ्ग्रेस जनतासँग जोडिने प्रणका साथ मुखमा अन्न नपरेका, लाउन नपाएका, रोजगार नभएका, शिक्षा र स्वास्थ्य बाट बन्चीतिकरण, सेवा र पहुँचमा राज्यको मुलधारमा समाहित हुन नसकेका सबै वर्ग, लिङ्ग, समुदाय र मजदुर तथा हलो जोती रहेको किसानहरुको अपनत्व हुने गरि यिनीहरुकै उन्नतीका निम्ति सघंर्षकै बिचमा, सघंर्षका निम्ति कठिन घडीमा कठिन साथ जन्मिएको पार्टी हो । काङ्ग्रेसलाई चिन्न र चिनाउन सके तिन करोड नेपाली, राष्ट्रको गौरव र स्वतन्त्रताको निम्ति सहिद बनेका महापुरुषहरुको योगदान र बलिदानले जन्माएको सङ्गठन नेपाली काङ्ग्रेस भएकाले सङ्गठनमा कुलदेवताको रुपमा लामो समयदेखि सम्पन्नताको काल्पनिक आशाले सङ्गठनकै निम्ति हरेक सङ्कटकालिन व्यवस्थालाई अनुभव गर्दै, जय नेपालको नारालाई जनहितको कल्याण र शोषण, अन्याय, अत्याचारको समाप्तिका निम्ति मुल मन्त्र बनाई बसेका पुराना इमान्दार खारिएका नेता तथा कार्यकर्ताहरु पनि यस पार्टीमा छन् भने ।

अर्कोतर्फ पुराना अनुभवि नेताहरु अब अभिभावक बन्दिनुपर्छ भनेर सङ्गठनका निम्ति योजना, क्षमता, प्रस्तुती र मार्गचित्र बनाएर वा बनाउन सक्ने उर्जाशिल युवाहरु पनि नेतृत्वको निम्ति तयार भएर बसेका छन् । आफु मरेर जाँदा सहीदहरुले ओडेको चारतारे झण्डा ओड्न पाइयोस । यसरी ओडेको चारतारे झण्डाले स्वर्ग लैजान्छ, जोसुकै जितुन तर काङ्ग्रेसले जितोस भन्ने मानसिकता बोकेका इमान्दार कार्यकर्ताहरु र पार्टीको भविष्यसँग देश र नेपाली जनताको भविष्य निर्माणको निम्ति पार्टीलाई हिड्ने र हिँडाउने नक्सा बोकेर, किन नेतृत्व गर्ने ? किन सभापति बन्ने ? भन्ने प्रश्नको उत्तर बोकेर बसेका नेतृत्वशिल युवाहरुको परिवर्तन र रुपान्तरणको ऐतिहासिक माध्यम चौधौ महाधिवेशन बनेको छ । वास्तवमा काङ्ग्रेसको चौधौँ महाधिवेशनले वडादेखि केन्द्रसम्मकै नेतृत्वको रिनिउ गर्नुपर्दछ । पार्टीको सभापतित्व प्रणालीमा पार्टीलाई रिनिउ गर्न जरुरी छ वा छैन जिम्मेवारी हालको सभापतिको हो । यदी रिनिउ हुन सक्दा पार्टी भुत्ते हुन्छ, नेतृत्व मर्छ, कार्यकर्ताहरु भाडिँन्छन् भने यो जिम्मेवार बालवला सभापतिको हो कि हैन ? यो चौधौँ महाधिवेशन प्रजातन्त्र, निर्वाचन र कार्यकर्ताहरुको स्वाभिमानका लागि नेतृत्व हस्तान्तरण हुन आवश्यक छ । नेतृत्व पुरानै व्यक्तिले दावी गर्दै गर्दा इतिहासतिर फर्केर तेह्रौ महाधिवेशनमा पार्टीको अवस्था के थियो ? कहाँदेखि कहाँसम्म पुराइयो ? अब कहाँसम्म पुग्न बाँकी रह्यो ? पुग्ने विधी र कार्यशैली के हो ? यसको उत्तर कार्यकर्तामाझ आवश्यक छ ।

परिवर्तनहरु शब्दमा हैन व्यावहारमा चाहिन्छ । विगतबाट भविष्यको आकलन गर्न सकिन्छ । वर्तमानबाट विश्वास र कार्यकर्ताहरुमाझ भरोसाका निम्ति भविष्यका निम्ति कार्ययोजना प्रस्तुत गर्न सकिन्छ । पुरानो परिक्षण भइसकेको नेताले भोली कति प्राप्ताकं प्राप्त गर्छ वा गर्दैन मुल्याङ्कनको जिम्मेवारी कार्यकर्ताहरुले लिन्छन् भने परिक्षण नभएका नेतृत्वहरुबिच पनि परिक्षणका निम्ति प्रश्नहरु तेर्साउन जरुरी छ, तपाई के का लागि सभापति ? तपाईसँग कस्तो विषयवस्तु छ ? लक्ष्य निर्धारण के हो ? तपाईसँग क्षमता र प्रस्तुती के छ ? तपाईको कार्यशैली कस्तो रहने छ ? कार्यकर्ताहरुको मुल्याङ्कन प्रणाली के हो ? प्रश्नहरुको उत्तर बोकेर आउन जरुरी छ । वास्तवमा केही बोकेर नआएका नेतृत्वले केही दिन सक्दैन । अब चौधौँ महाधिवेशनले ‘पुराना नेताहरुलाई सरकार र नयाँ परिक्षण हुन बाकीँ रहेका युवानेताहरुलाई पार्टी सुम्पिनुपर्दछ । ’ यो उचित जिम्मेवारीले पार्टीको भविष्य, कार्यकर्ताहरुको सम्मान, जनताहरुको विश्वास र नेतृत्वबीच एकता सृजना गर्नसक्छ । तर यसको पुर्व सहमति चाहिन्छ यही सहमतिको आधारमा सङ्गठन र सङ्गठन मार्फत बन्ने सरकारले आफ्नो सेवा डेलिभरि गर्नुपर्दछ ।

प्रत्येक नेता तथा कार्यकर्ताहरुले सङ्गठन र सरकारबिचको भिन्नता र कार्यहरु बुझ्न जरुरी छ । पार्टीले सरकार बनाउछ न की सरकारले पार्टी, सरकार बनाउने पार्टी, नेतृत्व, राजनीतिक, साङ्गठनिक, शैद्धान्तिर र रणनीतिक रुपमा सवल भयो भने मात्रै यस्तो सवल सङ्गठनले सरकारलाई निर्देशन, नियन्त्रण र पथप्रदर्शन गर्नसक्छ । पहिले सङ्गठन सुधारौँ र मात्रै पार्टीले बन्ने सरकार कुशल र सवल बन्न सक्दछ । कमजोर वृक्षले मात्र राम्रो फल दिन सक्दैन । नत्र परम्परागत रुपमा पुनः पार्टीको सभापति बनौला, प्रधानमन्त्री हौला( प्रतिनिधि बनौँला), पार्टीको काम गरौँला भन्ने पुरातन मनोवैज्ञानिक संस्कारबाट टाढा रहना सक्दैन, घुमिफिरी उही रुम्झाटार, पार्टीको पराजय, बरालिएको नेतृत्व ।

सङ्गठनको मान्यता र मौलिक सिद्धान्तको आधारमा जनप्रतिनिधिहरुले पार्टीलाई जनतासँग जोडिने गरि, काङ्ग्रेसको सुगन्ध फैलिने गरि शिक्षा, स्वास्थ्य, रोजगार, विकास, समुदाय, लिङ्ग, अधिकार लगायतका सामाजिक सरोकारको विषयमा सङ्गठन र पार्टीबाट गएका जनप्रतिनिधिहरु बिच कार्यशैलीमा एकाकार हुन जरुरी छ । यसका लागि पार्टीभित्र पुर्व अभ्यास र छलफल तथा म भन्दा थुप्रै नेतृत्वमा नबसेका कार्यकर्ताहरु सँग पार्टीलाई गति दिने विषयमा प्रखरशन भन्ने विषयको हेक्का राख्नुपर्दछ । पार्टीभित्र रिहर्सल आवश्यक छ भनी बुझ्ने नेतृत्व पाउनुपर्दछ । जहाँ सङ्गठन प्रष्ट छ, त्यहाँ सरकार पनि सफल हुन्छ । अब चौधौँ महाधिवेशनले सरकारमा जाउलाँ अनि पार्टी चलाउलाँ हैन पहिले पार्टी बनाउँ अनि मात्रै सरकार चलाऔँ भन्ने मनोविज्ञान बोकेका युवा नेताहरुमा जिम्मेवारी सु्म्पिनुपर्छ नत्र वर्तमान नेकपा को अवस्था जस्तै मात्रै सरकार चल्नसक्छ । यहाँ दोष सरकारको होइन नेकपा सङ्गठनको हो । त्यसमा पनि सरकार र सङ्गठन एउटै व्यक्ति काङ्ग्रेसले यो विषय आफ्नो सो अनुभव र पर अनुभव दुवैबाट प्राप्त गरिसकेको छ । अब पालो सच्चिनु नै हो ।

बिना सङ्कोच लाज पचाएर भन्नुपर्दा काङ्ग्रेस भेन्टिलेटर र आइसोलेसन भन्दा बाहिर समाजमा आफ्नो मौलिक सिद्धान्त र पहिचानलाई बोकेर प्रस्त्ुत हुन ढिलो गर्नुहुदैँन । आजदेशमा महाधिवेशनको सर्गमी बढेसँगै बेलबारीमा पनि काङ्ग्रेसी राजनीतिक माहोलमा पार्टीको भावी नेतृत्वको क्षमतासँग जोडेर काङ्ग्रेस जोगाउने र सकिने विषयमा बहस सुरु हुन थालेको छ । साथीहरु जसले जितेपनि काङ्ग्रेस जोगिन्छ, काङ्ग्रेस जोगिएको छ, काङ्ग्रेस जोगिने र नजोगिने भन्दा पनि काङ्ग्रेसलाई सामाजिक सङ्गठनको रुपमा विकास गर्ने काङ्ग्रेस जनताको साझा पार्टी बनाउने, काङ्ग्रेसको चर दरो बनाउने प्रमुख हो । काङ्ग्रेसको विश्वविद्यालय बन्द छ यसको चावी खुली नेता तथा कार्यकर्ताहरुको प्रवेशले एउटा खुल्ला बस र कार्ययोजनाको खाका तयार गर्नुपर्ने आवश्यक छ । काङ्ग्रेस अब कस्तो हुनुपर्छ भनेर सोच बनाएर व्यावहारमा उतार्न अपरिहार्य छ । बेलबारी नगरमा काङ्ग्रेस बनाउन र जिताउन हिजो अन्य पार्टीमा मत हालेका मतदाताहरुको विश्वास लिन सक्ने र मतदाताहरुको भरोसा बोक्न सक्ने कुशल प्रस्तुती भएको व्यक्ति बेलबारीको नेतृत्व आवश्यक छ । बेलबारी नगरमा काङ्ग्रेस म हुँदा बाच्ँछ र फलाने हुँदा पनि काङ्ग्रेस बाँच्छ । तर हेक्का रहोस यसरी बाँचेको अर्थ छैन जसरी काङ्ग्रेस भएको देशमा नेकपाको दुइतिहाईको सरकार छ । अर्थपुर्ण बाँच्न्ुप¥यो र त्यसका लागि खुल्ला विचार र सुधारको प्रशिक्षण चाहियो । नेतृत्वबाट प्रशिक्षण हैन नेतृत्वकै लागि प्रशिक्षणको आवश्यक छ । बेलबारी नगरको भावी नेतृत्वले तेह्रौँ महाधिवेशनको नेतृत्वले थाम्न नसकेर जिम्मा लगाएको दुइतिहाई नेकपाको सरकारलाई परिवर्तन गरेर काङ्ग्रेसलाई नगरवासीको सङ्गठन बनाउन सक्नुपर्दछ । के का लागि सभापति र कस्तो मार्गचित्रको उत्तरले सबैलाई चित्त बुझाउनसक्नु पर्दछ । यति मात्र हैन राजनीतिलाई पेशा र व्यावसाय भन्दा पनि सामाजिक सेवा प्रवाह गर्ने संस्थाको रुपमा पार्टीको पहिचान बनाउन, लामो समय राजनीति गरेको लाई भन्दा पनि विषयवस्तु र प्रस्तुती दुवै भएकोलाई बेलबारी नगरको नेतृत्व सुम्पिनुपर्दछ । यस नगरभित्र अर्को आवश्यक के हो भने नेतृत्व आवश्यक परेको बेलामा नेतृत्व दिन सक्ने, समस्या परेको बेलामा समाधान दिन सक्ने व्यक्ति चाहिन्छ ।

त्यसकारण अब चौधौँ महाधिवेशनको नेतृत्वले गाउँदेखि केन्द्रसम्म सङ्गठनभित्र खुल्ला छलफलको विश्वविद्यालयभित्र नेतृत्व सङ्कट, साङ्गठनिक र वैचारिक एवंंंंंं राजनीति सङ्कटको विषयमा छलफल गराउन सक्ने, पार्टीको उम्मेद्धारलाई विजय गराउन सक्ने अधिवेशन पछि गुटउपभोगको अन्त्य गर्न सक्ने, हिजो नेकपामा मत हालेका व्यक्तिहरुलाई आकर्षण गर्न सक्ने, पार्टीैको विधानलाई कार्यन्वयन गरि युवाहरुको क्षमतालाई प्रोत्शाहन गरि समावेशी, समानुपातिक प्रणालीलाई अवलम्बन गर्न सक्ने नेता जन्माउन आवश्यक छ ।

लेखक बेलबारी काँग्रेसका सचिब हुन ।

तपाईको प्रतिक्रिया