विषालु साग खाएर ४ जना बिरामी, साग खान दिनेले गरे आत्महत्या

काठमाडाैँ । बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ रिजाल चोकको एक परिवारलाई विषालु साग खान दिने व्यक्तिले आत्महत्या गरेका छन् । छिमेकीलाई दिएको जरिङ्गोको साग खाएर रिजालचोकका चार जना गम्भीर बिरामी परेका छन् ।

उनीहरुको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । जरिङ्गोको साग दिने रिजालचोक फुर्सेमाटोका ७८ वर्षीय रनबहादुर विकले आज आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विकले दिएको साग खाएर गत बिहीबार बिहान रिजालचोकका ७१ वर्षीय देउरुपा कँडेल, उनकी बुहारी ३७ वर्षीया चिजा कँडेल, छोरा ३७ वर्षीय चुडामणि कँडेल र १७ वर्षीय नाति सन्तोष कँडेल गम्भीर बिरामी परेका थिए । चारै जनाको धवलागिरि अस्पतालमा उपचार हुन नसकेपछि पोखरा पठाइएको थियो ।

विकले आज घरभन्दा १०० मिटर तलको रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए । रेग्मीले भने, “साग दिएका कारण वा अन्य बिरामी परेका कारण तनावमा आएर आत्महत्या गरेको हुन सक्दछ ।” यसबारे थप अनुसन्धान भइरहेकाे बताइएकाे छ ।

विकको शव परीक्षणका लागि धवलागिरि अस्पताल ल्याउन थालिएको छ । विकले दिएको साग खाएपछि चारै जना बेहोस भएका र अहिले पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । बिरामीमध्ये चुडामणि कँडेलको आइसीयूमा राखेर उपचार भइरहेको छ भने अन्य सामान्य अवस्थामा फर्केका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

राससबाट थप

विश्वरूप मन्दिर पुनःनिर्माण गर्न पुरातत्वको स्वीकृति

विगतमा जस्तो छैन बडादशैंको रौनक

बाँकेमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर

सोमबारदेखि श्रम स्वीकृति दिइने

आन्तरिक उडान बढ्ने : ९० प्रतिशत अकुपेन्सी

पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्ने, डीपीआर तयार

सेनाले खोल्यो कालापानी जाने घोरेटो बाटोको ट्र्याक

बागमती किनारमा गुर्जो रोप्ने अभियान

कोरोना सङ्क्रमण मुक्त मनाङमा देखियाे पुनः सङ्क्रमण

भिसी तुलबहादुर पुनका नाममा बेलायतमा रेल सेवा

तपाईको प्रतिक्रिया