थलियो पर्यटन क्षेत्र, थलिए व्यवसायी

झापा / २० लाख पर्यटक भित्र्याउने लक्ष्य सहित सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै विभिन्न कार्यक्रम सार्वजनिक ग¥यो । दशकको अवधिमा नेपालमा रहेका पर्यटकीय क्षेत्रको विकास र विस्तार गर्दै पर्यटन व्यवसायलाई बढावा दिन सरकार नै लागि प¥यो । नेपाल भर रहेका सम्भावित पर्यटकीय क्षेत्रको पहिचान गर्दै स्थल मार्ग र हवाइमार्गको समेत सम्भाव्यता अध्ययन गर्दै आन्तरिक उडान समेत सुचारु गरेको सरकारले कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलिएसंगै पर्यटन क्षेत्रमा ध्यान दिन नसकेका कारण पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको छ । अझ पर्यटन क्षेत्रको विकासका लागि लागेका पर्यटन व्यवसायी नराम्ररी प्रभावित बनेका छन् ।

सरकारले सन २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै तामझामका देशी तथा विदेशी पर्यटक भित्र्याउन गरेका प्रयास कोभिड १० को संक्रमण विश्वभर फैलिएसंगै निरर्थक भएका छ । पर्यटन व्यवसायले मुलुकको अर्थतन्त्र मजवुद हुने अपेक्षा गर्दै सरकारले अघि सारेको कार्यक्रम कोभिडका कारण सञ्चालन हुन नसक्दा पर्यटन क्षेत्र तहस नहस भएको हो । दिन प्रतिदिन नेपालमा समेत कोरोना भाइरसको संक्रमण फैलदै गएपछि अहिले होटल तथा रेष्टुराहरु पूर्ण रुपमा ठप्प छन् । होटल तथा रेष्टुरामा गरेको लगानी उठाउन त के बैंकको व्याज समेत तिर्न नसकेर व्यवसायीहरु विकल्पको खोजीमा छन् । होटल, रेष्टुरेन्ट तथा होमस्टेमा कार्यरत मजदुर तथा कर्मचारीको अबस्था अहिले उस्तै नाजुक छ ।

सरकारले २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य सहित कार्यक्रम सञ्चालन गरेसंगै झापा सहित पूर्वका पर्यटन व्यवसयाीले समेत पर्यटकीय क्षेत्रको विकास र विस्तारसंगै होटल तथा होमस्टेमा लगानी गरेका थिए । तर, उनीहरुको लगानी वालुवामा पानी सरह भएको छ ।

झापामा तारे होटल सञ्चालनको तयारी थालिएपनि कोरोना भाइरस कोभिड १९को बढ्दो संक्रमणले व्यवसायी गर या मरको अवस्थामा पुगेको होटल व्यवसायी संघ झापाकी अध्यक्ष इन्दिरा श्रेष्ठले बताउनुभयो । उहााले भन्नुभयो – होटल व्यवसाय क्षेत्रमा व्यवसायीले अरबौंको लगानी गरेका छन् तर अहिले महामारीका कारण सबै व्यवसाय बन्द हुँदा व्यवयाी गर या मरको अवस्थामा पुगेका हुन् ।

त्यसो त झापाको पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रबाट पनि ठूलो मात्रामा लगानी भएको छ । झापामा पर्यटन व्यवसायका लागि स्थानीय तहले समेत लाखौ रुपैयाा लगानी गरेका थिए । तर, प्रतिफल लिने बेलामा महामारीका कारण पर्यटन क्षेत्रको विकासका लागि गरेको लगानी खेर गरेको स्थानीय जनप्रतिनिधिले बताउँदै आएका छन् ।

अघिल्लो वर्ष पर्यटन क्षेत्रको विकासका लागि छट्याइएको बजेट कोभिडका कारण रकमान्तर गर्दै खर्च गर्नु प¥यो वर्षपनि पर्यटन क्षेत्रको विकासका लागि रकम विनियोजन गर्न सक्ने कुरै भएन बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष रत्ना कुमारी राजवंशीले भन्नुभयो – पर्यटन क्षेत्रको विकासका लागि थालिएको काम अधुरै छाड्दा के गति होला । अहिले संघदेखि स्थानीय सरकारसम्म महामारी नियनत्रणका लागि जुटेको छ उपाध्यक्ष राजवंशीले भन्नुभयो – पर्यटन क्षेत्रको विकास गर्ने पछिको कुरा हो, अहिलेको हाम्रो सवाल जन जिविकाको छ ।

पर्यटन क्षेत्रको विकासका लागि निजीस्तरबाट होटलमात्र नभई पर्यटकीय क्षेत्र बनाउन समेत लगानी भएको थियो । कनकाई नगरपालिका, शिवसताक्षी नगरपालिका सहित विभिन्न स्थानीय तहका व्यवसायीले पर्यटकीय क्षेत्रको विकास र विस्तारका लागि लाखौं रुपैयाँ खर्च गरेका थिए । तर, उनीहरुले गरेको लगानी उठाउनेको त के कुरा लगानी गर्न बैंकबाट लिएको ऋण समेत तिर्न नसकेपछि विकल्पको खोजीमा उनीहरु पुगेका छन् । हौसिएर होटल तथा पर्यटन व्यवसायमा हात हालेका झापासहित देश भरका व्यवसायी अहिले मारमा छन् ।

सरकारले कोभिड–१९ बाट थलिएको मुलुकको पर्यटन पुनरुत्थान र दिगो पर्यटनको कार्यक्रमलाई विशेष प्राथमिकता दिने लक्ष्यसहित आर्थिक वर्ष २०७७र७८ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ २ गते सघीय संसद्को दुवै सदनमा संयुक्तरूपमा प्रस्तुत गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभाव र बाह्य कारणले समेत पर्यटनमा पारेको प्रभावको अध्ययन गरी पर्यटन पुनरुत्थानलगायत दिगो पर्यटनका कार्यक्रम कार्यान्वयन गरिने उल्लेख गरेपनि अहिलेसम्म पर्यटन व्यवसायको क्षेत्रमा सरकारले केही ठोस् कार्य गर्न नसकेको पर्यटन व्यवसायीको आरोप छ ।

कोभिड नियन्त्रणका लागि सरकारले मुलुकभर लागू गरेको बन्दाबन्दीको अवस्थामा मुलुकको पर्यटन उद्योग नराम्ररी प्रभावित भएको छ । सरकारले अहिले लक डाउन हटाएपनि कोभिडले आक्रान्त पारेको पर्यटन उद्योगलाई प्रोत्साहन गर्न र त्यसमा आबद्ध लाखौँ श्रमिकको भविष्यलाई सम्बोधन हुने गरी विशेष राहत प्याकेज ल्याउन नसकेको व्यवसायीले आरोप लगाउँदै आएका छन् ।

नेपालमा पदयात्रा र पर्वतारोहण गरी झण्डै एक हजार ८०० संस्था छन्। यिनमा १५ अर्बभन्दा बढीको लगानी छ । सरकारले पर्यटन पुनरुत्थान र दिगो पर्यटनलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने नीति लिएपनि कोभिडका कारण पर्यटन क्षेत्रमा ध्यान दिन नसक्दा पर्यटन व्यवसाय नराम्ररी प्रभावित भएको पाउन सकिन्छ ।

होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान) हालै गरेको एक सर्वेक्षणअनुसार होटल उद्योगमा १० खर्बभन्दा बढी लगानी रहेको छ । करिब सात लाख कर्मचारी आबद्ध छन् । बन्दाबन्दीको अवस्थामा अर्बौँको क्षति भएको व्यवसायीले बताएका छन् ।

नेपाल पर्यटन बोर्डले बन्दाबन्दीबाट थलिएको पर्यटन उद्योग उकास्न २० अर्बको राहत प्याकेज ल्याउन सरकारलाई सिफारिस गरेको थियो । सरकारी तथ्याङ्कअनुसार मुलुकमा होटलका ४५ हजार श्यया छन् । हानमा आबद्ध पर्यटकस्तरीयदेखि पाँचतारेसम्म गरी तीन हजार होटल छन् ।

कोभिडको विश्वव्यापी महामारी कहिलेसम्म नियन्त्रण हुन्छ अहिले नै अनुमान गर्न सकिने अवस्था छैन । त्यसैले अबको एक वर्षसम्म विदेशी पर्यटकको चहलपहल हँुदैन । उक्त अवधिसम्म आन्तरिक पर्यटनलाई चलायमान बनाउन र धराशायी अवस्थामा पुगेको व्यवसायलाई लयमा फर्काई त्यहाँ आबद्ध मजदुर व्यवसायीलाई प्रोत्साहन हुने गरी सरकारले प्याकेज ल्याउनुपर्ने होटल व्यवसायीको छाता सङ्गठन होटल एशोसिएसन अफ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाहले बताउनुभयो ।

सुनसान झापाका पर्यटकीय क्षेत्र

सधैजसो भरिभराउ हुने झापाका पर्यटकीय क्षेत्र अहिले सुनसान छन् । कोरोना भाइरस कोभिड – १९ को बढ्दो संक्रमणका कारण झापाका सबै पर्यटकीय क्षेत्र सुनसान भएका हुन् । त्यस मध्येको एक हो अर्जुनधारा नगरपालिकामा रहेको सुखानी सहिद स्मृति प्रतिष्ठान पनि ।

यहाँ दिनहुँ आन्तरिक तथा वाह्रय पर्यटकको घुइँचो नै लागने गरेको थियो । तर, अहिले यो ठाउँ सुनसान छ । गत चैत ११ गतेदखि सरकारले लकडाउन गरेसंगै यसठाउँमा पर्यटकहरुको आवागमन बन्द छ । अर्जुन नगरपालिका– ७ सालबारीस्थित २६ हेक्टर क्षेत्रफलमा यो उद्यान फैलिएको छ । मुलुकमा लोकतन्त्र स्थापनाका लागि पञ्चायतकालमा भएको आन्दोलनका क्रममा आफ्नो ज्यानको आहुति दिएका अमर सहिदहरुको स्मृतिलाई ताजा राख्न यो उद्यानको स्थापना भएको हो ।

राजनीतिक पृष्ठभूमिसंग जोडिएको यो ठाउँमा आन्तरिक तथा वाह्रय पर्यटक मात्र नभई कम्युनिष्ट विचारधारा बोकेका मानिसका लागि समेत प्रमुख आर्कषणको केन्द्र हो । उद्यानभित्र झापा किसान विद्रोहमा जीवन बलिदान गरेका पाँच सहिद वीरेन राजवंशी, रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठको पूर्ण कदको प्रतिमा छ । प्रतिमा स्थापना गरिएका पाँचैजना सहिदलाई पञ्चायती शासकहरुले २०२९ साल फागुन २१ गते झापाबाट इलाम जेल सार्ने निहुँमा सुखानी जङ्गलमा लगेर गोली हानी हत्या गरेका थिए । उनीहरुकै पूर्ण कदको प्रतिमा राखिएका कारण कम्युनिष्ट विचारधारा बोकेका मानिसका लागि प्रमुख गन्तव्य नै मानिन्छ ।

पूर्वी नेपालको प्रवेशद्वार काँकडभिट्टा र मेचीको प्रमुख व्यापारिक केन्द्र बिर्तामोडबाट सबैभन्दा नजिकमा रहेको पर्यटकीय आकर्षणको प्राकृतिकस्थल नै यही उद्यान हो ।

उद्यानमा हाल ४० वटा दुर्लभ जातका कछुवा संरक्षण गरिएको छ । वातावरणीय विनाशका कारण कछुवा लोपोन्मुख हुँदै गएको छ । कछुवा हेर्नकै लागि कतिपय पर्यटक तथा विद्यार्थी यहाँ आउने गरेका छन् । हराउँदै गएको प्राणीमध्येको कछुवाको संरक्षण नै केन्द्रको मूल उद्देश्य भएको कछुवा संरक्षण तथा प्रजनन केन्द्रले जनाएको छ ।

खोज र समसामयिक बिषयमा कलम चलाउनुहुने भण्डारी पूर्वेली न्युजका झापा सहकर्मी हुनुहुन्छ ।

सुरेन्द्र भण्डारीबाट थप

थलियो पर्यटन क्षेत्र, थलिए व्यवसायी

गरिवका घर बनाउँदै बिर्तामोड नगरपालिका

लागुऔषधको जालो तोड्न झापा प्रहरी सक्रिय : हालसम्मकै ठूलो परिमाणमा खैरो हिरोइन बरामद, ६ महिला सहित १३१ जना पक्रउ

गोरुगाडाका चक्का बटुलेर गिनीज बुकमा नाम लेखाउने दाउमा प्रसाई

गोरु पक्रदा एसपीको सरुवाको चलखेल !

१९ वर्ष अघी झापाकाे चारआली जंगलमा बलात्कार गरी रुखमा झुण्ड्याइएको अभियोगमा अमेरिका फरार रहेका गौतम नेपाल अउनसाथ परे पक्राउ

आयुर्वेदको बेथिति रोक्न बल्ल अनुगमन

संविधान दिवस मनाउन झापामा नेकपाको तयारी तीव्र

मेघामा दशै तिहार बहार, सामान किन्दा उपहारै उपहार

गैर नेपालीलाई नागरिकता दिन जनप्रतिनिधिनै सम्लग्न रहेको खुलासा

तपाईको प्रतिक्रिया