धुलिखेलमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला

काठमाडौं- काभ्रेपलाञ्चोकको धुलिखेलमा शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रयोगमा आएको छ । कोरोनाको सङ्क्रमणदर बढ्दै गएको अवस्थामा सो रोगको परीक्षणका लागि स्थापना गरिएको प्रयोगशालाको अवस्थाबारेमा वाग्मती प्रदेश सामाजिक विकासमन्त्री युवराज दुलालले जानकारी दिएका छन् ।

सो क्रममा मन्त्री दुलालले काभ्रेपलाञ्चोकलगायत आसपासका जिल्लामा सेवा कार्यालय स्थापना गर्ने सरकारको नीतिअनुसार प्रादेशिक प्रयोगशाला धुलिखेलमा स्थापना गरिएको बताए । स्थापना भएको प्रयोगशालाबाट विभिन्न रोगको परीक्षण र पहिचान गर्न सकिने गरी काम अगाडि बढाइएको बताए ।

प्रादेशिक जनस्वास्थ्य कार्यालयका निमित्त जनस्वास्थ्य निर्देशक नारायण कार्कीले शनिबारदेखि परीक्षण मेशिन चलेको बताए । काभ्रेपलाञ्चोकलगायत सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र भक्तपुर जिल्लालाई समेट्ने गरी स्थापना भएको प्रयोगशालामा दैनिकरूपमा ५०० भन्दा बढीको परीक्षण गर्न सकिने निमित्त निर्देशक कार्कीले बताए । प्रयोगशालामा सात जनशक्तिले सेवा दिने जनाइएको छ । मेशिन सञ्चालनमा आए पनि स्वाब परीक्षणका लागि नमूना सङ्कलन आजदेखि मात्रै हुने कार्कीले बताए । वाग्मती प्रदेश सरकारकोे प्रदेश राजधानी हेटाँैडामा भए पनि प्रादेशिक केन्द्रीय प्रयोगशाला धुलिखेलमा स्थापना भएको बताए ।

जनस्वास्थ्य प्रयोगशालाका लागि हाललाई नगरपालिकाले भवनको व्यवस्थापन गरेको र बाँकी पूर्वाधार नगरपालिका र प्रदेश सरकारको साझेदारीमा भएको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले बताए । त्यसलाई थप व्यवस्थित बनाउनका लागि नगरपालिकाले जग्गाको व्यवस्थापन गर्ने र भवन निर्माणको काम प्रदेश सरकारले गर्ने भएको बताए ।

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

राससबाट थप

विश्वरूप मन्दिर पुनःनिर्माण गर्न पुरातत्वको स्वीकृति

विगतमा जस्तो छैन बडादशैंको रौनक

बाँकेमा उपचाररत २३ सङ्क्रमितको अवस्था गम्भीर

सोमबारदेखि श्रम स्वीकृति दिइने

आन्तरिक उडान बढ्ने : ९० प्रतिशत अकुपेन्सी

पोखरामा अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बन्ने, डीपीआर तयार

सेनाले खोल्यो कालापानी जाने घोरेटो बाटोको ट्र्याक

बागमती किनारमा गुर्जो रोप्ने अभियान

कोरोना सङ्क्रमण मुक्त मनाङमा देखियाे पुनः सङ्क्रमण

भिसी तुलबहादुर पुनका नाममा बेलायतमा रेल सेवा

तपाईको प्रतिक्रिया