राष्ट्रिय झण्डा जलाएको अभियोगमा ९ जना पक्राउ

काठमाडौं / राष्ट्रिय झण्डा जलाइएको म्युजिक भिडियो सार्वजनिक गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । मुख्य अभियुक्त ग्याल्जोम दोर्जे तामाङ्ग सहित हालसम्म ९ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएकाे छ ।

मंगोल होप नेपाल नामक युट्युब च्यानलबाट जातीय द्वेष फैलाउँदै राष्ट्रिय झण्डासमेत जलाएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएलगत्तै प्रहरीले संलग्नहरुको खोजी सुरु गरेकाे थियाे ।

मुलुकी अपराध संहिता ऐनअनुसार राष्ट्रिय झण्डा जलाउने वा प्रयोग गर्नै नमिल्ने ठाउँमा प्रयोग गरिए र जातीय द्वेष फैलाउने कार्य गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित