विराटनगर स्थित नोबेल मेडिकल कलेजमा पनि पीसीआर जाँच

विराटनगर / विराटनगरको नोवेल मेडिकल कलेजले पीसीआर जाँच सुरु गर्ने भएको छ । विराटनगरमा पहिलो पटक निजी क्षेत्रबाट नोबेल मेडिकल कलेजले पीसीआर जाँच सुरु गर्न लागेको हो ।

नाेबेल मेडिकल कलेजका प्रबन्धक नारायण दाहालका अनुसार नोबेलले एकसाता भित्र काेराेना जाँच सुरु गर्ने छ । ‘आज भोली भित्र मेसिन आइपुग्छ ।’ उनले भने ‘ अहिले प्रयोगशाला भएको स्थानमा राख्न मिलेन् । छुट्टै स्थानमा सेटअप गर्न केही दिन लाग्छ ।’

ढिलोमा एकसाता भित्र कोरोना जाँच सुरु हुने उनको भनाई छ । कोरोना जाँचका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट अनुमति लिएर मेसिन ल्याइएको उनले बताए । प्रदेश १ काे चार स्थानमा काेराेना जाँच हुँदैछ । विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, काेशी अस्पताल विराटनगर, प्रदेश जनस्वास्थ्य प्रयाेगशाला विराटनगर र मेची अस्पताल झापामा काेराेना जाँच भइरहेकाे छ ।

तपाईको प्रतिक्रिया