झुम्का कारागारका चार बन्दीमा कोरोना संक्रमण

सुनसरी / सुनसरीको झुम्का कारागारमा चार बन्दीलाई कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अदालत धनुसाको आदेश पछि पूर्पक्षका लागि झुम्का कारागार चलान भएका चार पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

जेलर अनिल खनालका अनुसार १९,२० २१ र ४० वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुलाई २६ साउनमा झुम्का ल्याइएको थियो । कारगारको छुट्टै स्थानमा राखेर कोरोना जाँच गर्दा पोजेटिभ आएको उनले बताए । ‘पीसीआर जाँच नगरी भित्र जान दिदैनौं ।’ उनले भने ‘ बाहिरी राखेर पीसीआर जाँच गर्दा कोरोना पोजेटिभ देखियो ।’
संक्रमण पुष्टि भएकाहरुको अवस्था सामान्य छ । उनीहरु कारागारको छुट्टै कोठामा रहेको जेलर खनालले बताए ।

कारागार भित्र १ हजार ७ सय १३ जना कैदी बन्दी छन् । कैदी बन्दीको सुरक्षाका लागि नयाँ आउनेहरुका अनिवार्य पिसीआर गर्दि आएको उनले बताए । धनुसा जिल्लामा कारागार छैन् । कारागार नभएको संक्रमितलाई झुक्मा चलान गरेको थियो । संक्रमण पुष्टि भएकाहरु मध्ये २ जना ठगी, एकजना जवरजस्ती करणी उद्योग र अर्का एकजना करणी उद्योग तथा सरिर बन्धक मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएकाहरु हुन

तपाईको प्रतिक्रिया