पर्सागढी नगरपालिकाका प्रमुखलाई काेराेना रहेकाे पुष्टि

वीरगञ्ज । पर्सागढी नगरपालिकाका प्रमुखमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ । सोमबार पीसीआर परीक्षण गर्दा पर्सागढी नगरपालिकाका मेयर लोक नारायण यादवमा कोरोना पोजिटिभ देखिएको हो ।

यादवले नै सामाजिक सञ्जाल फेसबुकमार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका छन् । मेयर यादवले अहिले आफू काठमाडौंको ह्याम्स अस्पतालमा उपचाररत रहेका उल्लेख गरेका छन् । कोरोनासँग मिल्दो लक्षण देखिएपछि वीरगञ्जको तराई अस्पतालमा भर्ना भएका उनी थप उपचारका लागि २६ साउनमा हेलिकोप्टर चार्टर्ड गरी काठमाडौं आएका थिए ।

तपाईको प्रतिक्रिया