यूएईस्थित नेपाली दूतावासको चेतावनी: यूएई ल्याएर अलपत्र पर्ने जोकोहीलाई पनि कारबाही गर्छौ

दोहा : सयुक्त अरब इमिरेट्स युएई लगायत तेस्रो मुलुकमा आकर्षण तलव सुविधाको प्रलोभन देखाई भ्रम सिर्जना गरि भिजिट भिसा वा अन्य भिसामा ल्याई ठग्ने र आधिकारिक निकायबाट सत्यतथ्य नबुझी गलत सूचनाको प्रलोभनमा परि ठगिने क्रम बढेको प्रति यूएईस्थित नेपाली दूतावासको गम्बिर ध्यानाक्रषण भएको जनाएको छ ।

हालै नेपालस्थित एक मेनपावर कम्पनीमा काम गर्ने व्यक्तिले बेलायत लैजाने प्रलोभनमा पारी जनही ९ लाख रूपैया लिई हाल यूएईमा रहेको एक व्यक्तिको जिम्मा लगाएको, तर यूएई आएपछि बेलायत पठाउन नसकिने भन्दै यूएईमै राम्रो रोजगारी लगाई दिने भनि पासपोर्ट र अन्य कागजजात समेत सो व्यक्तिले जफत गरेको दूतावासले जनाएको छ ।

तर, उक्त रोजगारीको लागि तयार पारीएको अफर लेटर र भिसा नक्कली भएको जानकारी पाएपछि नेपाल फर्कन आफ्नो पासपोर्ट माग्दा निज व्यक्तिले पासपोर्ट बोलाई सांघातिक हमला गर्न लगाई, पासपोर्ट भने नदिएको र आफू ठगीमा परेको बेहोरा सहितको निवेदन दूतावासलाई प्राप्त भएको जनाएको छ ।

यस किसिमको ठगी धन्दामा सहभागी नहुने सबैलाई अनुरोध गर्दै दूतावासले यस्ता क्रियाकलापमा संलग्न जोहोहीलाई पनि प्रचलित कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको छ ।
साथै, बैदेशिक रोजगारीमा आउदा आधिकारिक निकायहरुबाट सत्यतथ्य बुझी प्रचलित कानुन बमोजिम नेपाल सरकारबाट श्रम स्वीकृति लिएर मात्रै आउन समेत दूतावासले अनुरोध गरेको छ ।

केहि दिन अघि पिडितहरु मनोहर केसी र टिकाराम बोहोराले आफूहरु लगायत अन्य धेरैलाई बेलायत पठाईदिने भन्दै यूएई ल्याएर अलपत्र पारेको तथा न्याय माग्दा उल्टै दलालबाट कुटिएको भन्दै न्यायका लागि दूतावासमा निवेदन दिएका थिए ।

काठमाण्डौ स्थित तीनजुरे ईम्प्लोइमेन्ट सर्भिसेज प्रालीकी जनसंपर्क अधिकृत सिर्जना अधिकारी र दुबइ बस्ने श्याम थापामार्फत ६३ जना नेपालीहरुलाई बेलायत लैजाने भन्दै अहिले यूएई पुर्याएर अलपत्र पारेका छन् ।

तपाईको प्रतिक्रिया