इटहरीमा दुई वटा शव फेला

इटहरी / इटहरीमा बिहीबार दुई वटा शव फेला परेकाा छन् । इटहरी ७ का ९० वर्षीय वृद्ध र अन्दाजी ५ महिनाको शिशु मृत अवस्थामा भेटिए हुन् । इटहरी ७ स्थित बज्राहका ९० वर्षीय गुणनिधि भट्टराई सोही स्थानमा मृत भेटिएका हुन् ।

बिहान ८ बजे घाँस काट्न भनी हिँडेका भट्टराईको शव साँझ ५ बजे घर नजिकैको कास घारीमा भेटिएको हो । शवको पोस्टमार्टमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको साथै थप अनुसन्धान सुरु गरिएको प्रहरिले जानकारी दिएकाे छ ।

यस्तै इटहरी ६ मा नालाको पानीले बगाएर ल्याउँदै गर्दा नालामा अन्दाजी ५ महिनाको शिशु पनि मृत अवस्थामा भेटिएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेकाे इटहरी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया