इटहरीकाे समुदायमा फैलिदै काेराेना, २ हजार बढि परिक्षण गर्दा ४६ मा संक्रमण

इटहरी / इटहरी उपमहानगरपालिका क्षेत्रमा समुदाय स्तारमा संक्रमण देखिएकाे छ । विभिन्न समयमा समुदायमा गरिएकाे परिक्षणमा काेराेना संक्रमित व्यक्तिहरू भेटिएका हुन् । संक्रमितकाे सम्पर्कमा आएका व्यक्ति, उपमहानगरका जनप्रतिनिधि र कर्मचारी, प्रत्यक वडाकाे भिडभाड हुने स्थानका व्यक्तिकाे स्बाव संकलन गरि परिक्षण गरिएकाेमा बिहिबार एकैदिन १३ जनामा संक्रमण पुष्टि भएकाे छ ।

संक्रमण पुष्टि हुनेमा इटहरी ५ का २६ बर्षिय पुरूष, इटहरी ६ का २६, २७ र ८१ बर्षिय पुरूष, इटहरी ७ र ९ का ४२ बर्षिया महिला, १८ बर्षिय पुरूष र ३८ बर्षिया महिला र ४१ बर्षिय पुरूष रहेकाे छन् । त्यसैगरी इटहरी १४,१६,१७,१९ र २० का क्रमश ३५ बर्षिय पुरूष, १६ बर्षिय पुरूष, ४४ बर्षिय पुरूष, २९ बर्षिय पुरूष र १९ बर्षिया महिला रहेकाे इटहरी उपमहानगरपालिकाले जानकारी दिएकाे छ ।

हाल सम्म २ हजार बढि परिक्षण

इटहरी उपमहानगरपालिका क्षेत्रमा हाल सम्म २१६७ पिसीआर परिक्षण गरिएकाे छ । नेपालमा काेराेना संक्रमण देखिए यता इटहरी क्षेत्रमा २१६७ गरिएकाे हाे । इटहरीकाे जनता कलेजकाे क्वारेन्टाइनमा बसेका, संक्रमितकाे सम्पर्कमा आएका, उपमहानगरका जनप्रतिनिधि र कर्मचारी, भिडभाड हुने स्थानका व्यक्ति र अन्य सम्भावित संक्रमित गरि २ हजार बढि परिक्षण गर्दा ४६ जनामा संक्रमण पुष्टि भएकाे हाे । याे तथ्याङ्कलाइ हेर्दा २.१२ प्रतिसतमा संक्रमण देखिएकाे छ । त्यस्तै इटहरीमा ६४८ जनाकाे आरडीटी पनि गरिएकाे छ ।

शुरूका दिनमा क्वारेन्टाइनमा बसेकामा मात्र संक्रमण देखिए पनि पछिल्ला दिनमा समुदायमा ठुलाे संख्यामा संक्रमण देखिन थालेकाे छ । इटहरीकाे समुदायमा संक्रमण फैलिएकाे र भयावह स्थिति आउन सक्ने अनुमान जनप्रतिनिधिले पनि गर्न थालेका छन् । इटहरी उपमहानगरपालिकाकि उपमेयर लक्ष्मि गाैतमले स्थिति नियन्त्रण बाहिर जान सक्ने बताएकी छन् । उनले समाजिक सञ्जालमा लेखेकी छन् “यसपटकको लकडाउन अगाडि उद्याेगी ब्यपारी साथीहरुले लकडाउन गर्न पर्यो जोखिम बढ्यो भन्ने प्रस्ताव गर्नु भयो,परिक्षणको दायरा बढाएको थियो रिपोर्ट पर्खदै थियौ हामी! मिटिङ बस्यौ लकडाउन को निर्णय भयो! तर कतिपय बजार पसल खुल्ला गरियो निर्णय मानिएन! स्थिती कन्ट्रोल भन्दा बाहिर गएको अनुमान हुदैछ! संक्रमण फैलदै बड्दै छ ।” जनप्रतिनिधिबाट नै महामारी नियन्त्रण बाहिर जान सक्ने र जनस्तरबाट सहयाेग कम भएकाे गुनासाे गरिरहेकाले भाेलीका दिन झन चुनाैति पुर्ण हुने देखिन्छ । तसर्थ विभिन्न बाहानामा बाहिर निस्किनु भन्दा घरमै बसेर आफु आफ्नाे परिवारलाइ सुरक्षित गर्न सके मात्र सबैकाे हित हुने देखिन्छ ।

तपाईको प्रतिक्रिया