मध्यपुरथिमिको उद्योगमा आगलागी

भक्तपुर / स्यानेटाइजरलगायत विभिन्न रसायन बनाउने एक उद्योगमा मंगलबार साँझ आगलागी भएको छ। मध्यपुरथिमि नगरपालिका–६ स्थित युनाइटेड नेपाल केमिकल प्राइभेट लिमिटेडमा साँझ ६ बजेदेखि आगलागी भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

भक्तपुर र ललितपुरको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको जनाइएको छ। साँझ आकाशबाट समेत पानी परेपछि आगो नियन्त्रणमा सहज भए पनि पूर्णरुपमा नियन्त्रणमा आएको छैन। आगलागीको कारण र क्षति विवरण भने आउन बाँकी रहेको उहाँले जानकारी दिए।

तपाईको प्रतिक्रिया