अख्तियारका प्रमुख आयुक्त घिमिरेलाई कोरोना संक्रमण

काठमाडौं / अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीन घिमिरेलाई कोरोनाभाइरसको संक्रमण भएको छ । घिमिरेलाई मंगलबार कोरोना पुष्टि भएको बताइएकाे छ ।

उनी घरै आइसोलेसनमा बसेका छन् । केही दिन अघि उनका ड्राइभर र पछुवा गाडीमा हिँड्ने सात प्रहरीलाई पनि कोरोना लागेको थियो ।

अहिलेसम्म अख्तियारमा घिमिरेसहित ५० बढी कर्मचारीलाई कोरोना संक्रमण भएको छ । उनीहरूमध्ये अहिलेसम्म कोही पनि अस्पताल भर्ना भएका छैनन् । अख्तियारका अरूको पनि स्वाब परीक्षणका लागि पठाइएको छ ।

तपाईको प्रतिक्रिया