बी पी प्रतिष्ठानमा अनिश्चितकालिन ओपिडी सेवा बन्द

धरान / बी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपिडी सेवा अनिश्चितकालका लागि बन्द हुने भएको छ । प्रतिष्ठानले आज एक सूचना जारी गर्दै कोरोना भाइरसको सङ्क्रमण फैलिरहेकाले ओपिडी सेवा बन्द गर्नु परेकाे बताएकाे छ ।

स्थानीय सरकारले समेत ७ दिन पूर्वरूपमा बन्द गरेको अवस्था साथै प्रतिष्ठान परिसर भित्र समेत कोरोना सङ्क्रमण देखिएकोले सङ्क्रमणलाई फैलन नदिन ओपिडी सेवा बन्द गर्नु परेकाे सहायक अस्पताल निर्देशक डा.विकास साहलले जानकारी दिए । आज मात्रै प्रतिष्ठानका एक डाक्टरको परिवारका ३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । उसअघि पनि उपचारका लागि आएकाे केहि विरामी र डाक्टरहरूमा संक्रमण देखिएकाे थियाे ।

तपाईको प्रतिक्रिया