सरकारले लामो दूरीका सवारी र हवाई उडान भदौ मसान्तपछि मात्रै खुला गर्ने

काठमाडौँ । सरकारले भदौ मसान्तपछि मात्रै हवाई उडान तथा लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउनले गर्दा बन्द रहेका उडान तथा सवारी सञ्चालन भदौ १ देखि खुलाउने भनिए पनि संक्रमणको जोखिम बढेको भन्दै भदौ मसान्तसम्म रोक लगाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।

जोखिमलाई ध्यानमा राखेर बैठकले भदौ १५ गतेसम्म अन्तरजिल्ला यातायात र अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरिएको बताइएको छ । भदौ १ गतेपछि गरिने भनेका सबै कार्यहरु भदौ मसान्तसम्मका लागि स्थगित गरिएको छ । शैक्षिक गतिविधि, खेलकुद प्रशिक्षणलगायत भदौ मसान्तसम्म बन्द हुने भएको हो । बैठकले काठमाडौँमा भेला समारोहमा पनि रोक लगाउनुका साथै उपत्यका प्रवेशका नाकाहरु बन्द गर्ने भएको हो ।

यसअघि सीसीएमसीको बैठकले सरकारलाई लामो दूरीको सवारी, हवाई उडान तथा शैक्षिक गतिविधिहरु भदौ १५ गतेसम्म स्थगित गर्न सिफारिस गरेको थियो । त्यस्तै, उपत्यकालाई संक्रमणका जोखिमबाट बचाउन नाका सिल गर्नुपर्ने सरोकारवालाहरुले सरकारसमक्ष अनुरोध पनि गरेका थिए ।

तपाईको प्रतिक्रिया