इटहरी लकडाउनकाे मिति सकिँदै, जिल्ला प्रशासनकाे निर्णय लागु हुने

इटहरी / इटहरी उपमहानगरपालिकाले जारी गरेकाे लकडाउकाे मिति आइतबार राति १२ बजे सकिँदै छ । इटहरीकाे समुदायमा संक्रमण फैलिन नदिन साउन २१ गते देखि उपमहानगर क्षेत्रमा लकडाउन गरिएकाे थियाे । लकडाउकाे मिति सकिए पनि बाजर भने पूर्ववत् रूपमा संचालन हुने छैन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले सुनसरीलाइ निषेधित क्षेत्र घाेषणा गरेकाेले इटहरीमा पनि त्यहि निर्णय लागु हुनेछ ।

यसअघि इटहरीमा लकडाउन गरेकै दिन जिल्ला प्रशासन कार्यालयले सुनसरीले साउन २६ सम्म निषेधित क्षेत्र घाेषणा गरे पछि साेहि निर्णय लागु भएकाे थियाे । जिल्ला प्रशानले निषेधित क्षेत्र ६ दिन बढाउदै ३२ गते सम्म कायम गरे पछि जिल्ला भर त्यहि निर्णय लागु हुनेछ ।

तपाईको प्रतिक्रिया