गोंगबुमा सुटकेसभित्र टाउको नभएको शव फेला

काठमाडौं / गोंगबुमा सुटकेसभित्र टाउको नभएको एक पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार गोंगबु बसपार्कनजिक सुटकेसभित्र टाउको काटिएको अवस्थामा शव र केही पर टाउको झोलामा फेला परेको जनाइएको छ ।

उक्त शव पुरुष भए पनि कहाँका को हुन् भन्ने पहिचान खुल्न सकेको छैन । बसपार्कनजिक सुटकेसभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंले उक्त घटनाको थप अनुसन्धान भैरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया