सहमतिमा सम्पर्क : विवादपछि बलात्कार

विराटनगर / विराटनगर महानगरपालिका– ४ की ३६ वर्षीया महिलाविरुद्ध २०७५ कात्तिक १५ गते जिल्ला प्रहरी कार्यालय मोरङमा जरवजस्ती करणी उद्योगको उजुरी प¥यो । इटहरी सुनसरीकी युवतीलाई जवरजस्ती यौन कर्ममा लगाउन बाध्य बनाएको आरोपमा ति महिला, सुनसरी घर इनरुवा घर भई विराटनगर बस्ने सन्तोष मेहता र अन्य एक पुरुषका विरुद्ध जोहरी परेको थियो ।

प्रहरीले अनुसन्धान गरी दायर गरेको मुद्दामा जिल्ला अदालतले महिलालाई सफाई दियो । तर तिनै महिला २०७५ चैत २६ गते आफू बलात्कृत भएको दाबी गर्दै २०७६ जेठ २३ गते इलाका प्रहरी कार्यालय रंगेली पुगिन् ।

महिलाको उजुरीपछि प्रहरीले नेपाल बंगलादेश बैंकका धनपालथान गाउँपालिका कर्सिया शाखा प्रमुख ४१ वर्षीय अमित बास्तोलालाई पक्राउ ग¥यो । अमितमाथि बैंकबाट ऋण दिलाइदिन्छु भनेर पटक–पटक करणी गरेको आरोप छ । बलात्कार आरोप मुद्दाको पूर्पक्षका लागि बास्तोलमा थुनामा छन् । अदालतमा सो मुद्दा बिचाराधिन छ ।
बास्तोला प्रकरणमा पीडित भनिएकी महिला पून बलात्कारको उजुरी लिएर जिल्ला प्रहरी कार्यालय पुगिन् । यो पटक भने मुद्दाको प्रतिवादी पूर्व प्रहरी नायव निरीक्षक नयन श्रेष्ठ छन् । बलात्कारको उजुरी परेपछि प्रहरीले मुद्दा अनुसन्धान गरिरहेको छ ।

पछिल्लो तीन वर्षमा एउटै महिला यौनसँग जोडिएको तीन मुद्दा लिएर अदालत पुगेकी छन् । एक मुद्दामा पीडक बनेकी उनी दुई मुद्दामा पीडित बनेकी छन् । दुईवटा मुद्दामा विराटनगर–कञ्चनबारी ठेगाना उल्लेख गरेकी महिलाले बास्तोलाविरुद्धको केसमा सुन्दरहरैँचा नगरपालिका– ५ मा डेरागरी बस्ने उल्लेख गरेकी छन् ।

सहमतिमा सम्पर्क : बार्गेनिङ गर्न प्रहरी कै समूह

३६ वर्षीया महिलाका श्रीमान वैदेशिक रोजगारीमा छन् । दुई सन्तानसहित उनी विराटनगरमा बस्छिन् । तर प्रहरी अनुसन्धानबाट श्रीमानसँगको सम्बन्ध राम्रो नभएको खुलेको छ ।

दुई वर्षमा दुई पटक आफू बलात्कृत भएको उजुरी लिएर पुगेकी महिलाको पेशा कुनै छैन । प्रहरी स्रोतका अनुसार विराटनगर र धरानबाट व्यक्तीलाई फसाउने र पैसा असुल्ने गिरोह सक्रिय छ । सोही गिरोहको सदस्य हुन ती महिला ।

सो गिरोहमा पूर्व प्रहरी पनि छन् । सामाजिक सञ्जालको माध्ययमबाट नजिकिने र सम्पर्क भएपछि पैसाको बार्गेनिङ गर्ने गर्दै उजुरी प्रहरी सम्म पुग्ने गरेको छ ।
नयन श्रेष्ठमाथि ती महिलाले २०७६ फागुन ३ गते करणी गरेको भन्दै साउनमा उजुरी दिएकी थिइन् । पाँच महिनापछि किटानी जाहेरी लिएर पुग्दा प्रहरीले दर्ता गर्न मानेन् ।

पटक–पटक बलात्कार भएको भन्दै पुगेकी महिलाको भूमिका शंकास्पद देखिएको बताउँदै दर्ता गर्न मानेको थिएन । तर प्रहरी प्रधान कार्यालय र महान्याधीवक्ताको कार्यालयमार्फत दबाव आएपछि भने जाहेरी दर्ता गरेर प्रहरीले अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी उपरीक्षक मानबहादुर राईले पूर्वेली न्यूजलाइ जानकारी दिए । ‘उजुरी आएपछि महिला जोडिएको अन्य घटना पनि अध्ययन गरेका छौं,’ उनले भने ‘ अनुसन्धानपछि मुद्दा अदालतमा बुझाउँछौं ।’

बास्तोलाको घटनामा पूर्व प्रहरी साक्षी

घर किन्नका लागि ऋण दिने बहानामा बास्तोलाले पटक–पटक करणी गरेको ति महिलाको दाबी छ । महिलाको दाबीअनुसार अदालतमा बयानका लागि पूर्व प्रहरी कर्मचारी पनि पुगेका थिए ।

अदालतमा बयानका क्रममा विराटनगर– १३ घर भएका ओम महत नाम गरेका व्यक्तिले महिलाको पक्षमा बयान दिएका छन् । आफूलाई पूर्व प्रहरी बताएका पुरुषले घरजग्गाको कारोवार गर्ने क्रममा जोडिएको बताएका छन् । घटनाको अनुसन्धान गरिरहेको मोरङ प्रहरी स्रोतका अनुसार महिलालाई प्रयोग गरेर ‘ब्लाकमेलिङ’ गर्ने गिरोहको सञ्जाल धरानसम्म छ ।

तीनवटै घटनामा भिडियो

प्रहरी स्रोतका अनुसार जवरजस्तीकरणी उद्योग मुद्दामा ति महिलामाथि भिडियो बनाएको आरोप थियो । पीडितले दर्ता गराएको जाहेरीमा पनि भिडियो खिचिएको दाबी गरिएको छ । तर प्रहरीले अनुसन्धान गर्दा भिडियो भेटेन ।

अमित बास्तोला र नयन श्रेष्ठ प्रतिवादी भएको दुईवटा छुट्टा छुट्टै बलात्कारको मुद्दामा पनि महिलाले भिडियो बनाएर आफूलाई ‘ब्लाकमेलिङ’ गरी पटक पटक करणी गरेको दाबी गरेकी छन् । बास्तोलाको केसमा पनि प्रहरीले भिडियो भेट्न सकेन । नयन प्रतिवादी रहेको मुद्दामा महिलाले भिडियो देखाएर आफूलाई ‘ब्लाकमेलिङ’ गरेको बताए पनि प्रहरीले प्रमाण फेला पारेको छैन ।

पाँचलाख बुझाए, तीनलाख २५ हजारको कागज

जवरजस्ती करणी आरोप लगाएकी महिलालाई नयन श्रेष्ठले पटक पटक गरी पाँलाख भन्दा बढी रकम बुझाइएको खुलेको छ । नयाँनसंग मोटरसाइकलमा यात्रा गर्दा सुन र पैसा हराएको दाबी गर्दै महिलाले नयनसँग १० लाख मागेकी थिइन् । तर प्रहरी चौकी बखरीमा छलफल गर्दा तीन लाख २५ हजार नयन श्रेष्ठले पैसा दिएपछि घटना मिलेको थियो । प्रहरीले अनुसन्धान गर्दा पटक–पटक गरेर पाँच लाख बुझाई सकेको छ ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकृतका अनुसार लकडाउनका क्रममा पनि श्रेष्ठमाथि पैसा दिन दबाव परेको थियो । पैसा नबुझाउँदा उनीमाथि गिरोहबाट पटक–पटक धम्की आएको प्रहरीले जनाएको छ । धम्कीपछि उनीविरुद्ध प्रहरी प्रधान कार्यालय मातहत हुँदै जवरजस्ती करणी उजुरी प¥यो । उजुरीमा श्रेष्ठ मात्र प्रतिवादी छैनन् । उनका भाई र श्रीमती पनि प्रतिवादी छन् ।

कानुनको गलत व्याख्या भयो

कानुन व्यावयायी विनोद तिम्सिना मुलुकी अपराध संहितामा रहेको व्यवस्थाको गलत व्याख्या गर्दै महिलाले पुरुषहरुलाई फसाउने गरेको बताउँछन् । अपराध संहितामा घटना भएको एक वर्षपछि उजुरी दिनसक्ने व्यवस्था छ । महिलासँग जोडिएको केसमा अदालत र प्रहरी दुवैले संवेदनसिल रुपमा लिने गरेका छन् । पछिल्लो समय कानुनको गलत व्याख्या गर्दै सहमतिमा सम्पर्क गर्ने र पछि करणीको उजुरी गर्ने घटना बढेको तिम्सिनाको भनाइ छ ।

तपाईको प्रतिक्रिया