कोरोनाको कारण एकैदिन पर्सामा २ जनाको मृत्यु

विराटनगर / प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप १८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । मोरङमा १४, इलाममा २, उदयपुर र सुनसरीमा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्याकंअनुसार मोरङको विराटनगरमा ६ पुरुष ४ महिला, सुनबर्षीमा ३ र धनपालथानमा १ पुरुष, इलामको इलाम नगरपालिका र सुर्योदयमा १–१ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी उदयपुरको त्रियुगामा १ महिला र सुनसरीको धरानमा १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनायो । योसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १ हजार १ सय ८९ पुगेको छ ।

त्यस्तै प्रदेश १ मा ९० वर्षीया बृद्धासहित ५७ जना डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालय कोभिड १९ आइसोलेसन अस्पतालबाट ३६ जना र कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट २१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

आज डिस्चार्ज हुनेमा मोरङका २६, झापाका १६, सुनसरी रहेका छन्। भने इलामका ६, धनकुटा, उदयपुर र तेह्रथुमका एक एक जना रहेका छन् ।

प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ८ सय ८७ पुगेको छ । प्रदेश १ मा बुधवार ६ सय १६ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये ५ महिला र १३ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो ।

तपाईको प्रतिक्रिया