बुधबार थप ३८१ जनामा कोरोना पुष्टि

काठमाडौं / बुधबार थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार कोरोना संक्रमण निको भई १३० जना डिस्चार्ज भएका छन् ।

हालसम्म १५ हजार १५६ जना डिस्चार्ज भएका छन् । हाल देशभरका आइसोलेसनमा रहेकाहरुको संख्या ६ हजार १७४ रहेको छ ।

तपाईको प्रतिक्रिया