सुनसरीकाे इटहरीमा पुन: लकडाउन

इटहरी / सुनसरीकाे इटहरीमा पुन: लकडाउन हुने भएकाे छ । जिल्ला प्रशासन कार्यालय सुनसरी र इटहरी उपमहानगरपालिकाको आपतकालीन बैठकले इटहरीमा ५ दिन पुर्ण लकडाउन गर्ने निर्णय गरेको हाे । इटहरी नगर क्षेत्र भित्र समुदायमा कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले इटहरी उपमहानगरपालिका क्षेत्र भित्र लकडाउन गरीएकाे छ ।

इटहरीका २० वटै वडा क्षेत्र भित्र वुधबार देखि २५ गते राति १२ बजे सम्म पुर्णरुपमा लकडाउन हुने भएकाे हाे । इटहरीमा केही दिन यता समुदायमा संक्रमण देखिन थालेको छ । लामो यात्रा विवरण नभएका व्यक्तिमा संक्रमण देखिए पछि जनमानसमा पनि त्रास बढेको छ ।

तपाईको प्रतिक्रिया