कोरोना सङ्क्रमणका कारण थप एकको मृत्यु, मृत्यु हुनेको संख्या ३९ पुग्यो

काठमाडौँ / नेपालमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रौतहट परहवा नगरपालिका–७ का ३६ वर्षीय पुरुष रहेको छ । नारायणी अस्पताल वीरगञ्जमा उपचारका क्रममा उनको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार ती व्यक्तिसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।
मृतक भारतको बैङ्गलोरबाट यही असार २४ गते फर्की पारहवाकै आइसोलेशनमा बसेका थिए । उनी कोभिड–१९ का कारण मृत्यु भएका आफ्ना दाइको अन्तिम संस्कारका लागि भारतको बैङ्गलौर गएका थिए । आइसोलेशनमा बसेका बेला यही असार २९ गते रुघाखोकी, ज्वरो, श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सोहीदिन अस्पतालमा भर्ना गरिएको प्रवक्ता डा गौतमले जानकारी दिए । स्वास्थ्यमा थप समस्या देखिएपछि आजै भेन्टिलेटरमा उपचारका क्रममा उनको निधन भएको हो । ती व्यक्तिको स्वाब सङ्कलन गरी हेटौँडास्थित प्रयोगशालमा परीक्षण गर्दा आज कोरोना सङ्क्रमण पुष्टि भएको उनले बताए ।

एसईईको नतिजा सार्वजनिक

विद्यार्थी बाहिरिने परिस्थिति रोक्न विश्वविद्यालयहरू गम्भीर हुनुपर्छ : प्रधानमन्त्री

एसईईको नतिजा प्रकाशन गर्न बोर्ड बैठक बस्दै

प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रिय सभा बैठक अवरुद्ध

प्रधानमन्त्रीको राजीनामा माग्ने एमालेको कदम असंसदीय : सत्ता गठबन्धन

मनसुनी वायुकाे प्रभाव कायमै, पाँच प्रदेशमा पानी पर्ने संभावना

ललिता निवासको जग्गाभित्र रहेका संरचना हटाउन काठमाडौँ महानगरको निर्देशन

प्रतिक्रिया