नेपथ्यको अर्को बदमासी, माफी नमागी भिडियोकाे डिप्कृप्सन सुटुक्क परिबर्तन

इटहरी । पुराना गायक गंगा बरदानको बर्षौ पुरानो “माया गर्ने बानी, उल्टै गर्छ हानी “, बोलको गीत चर्चित ब्याण्ड नेपथ्य ब्याण्डले चोरी गरि गाएको आरोप गीतका असली सर्जकले लगाएपछि नेपथ्यले युट्युब भिडियोकाे डिप्कृप्सनमा सुटुक्क भिडियोमा गंगा बरदानको नाम हालेको छ ।

नेपथ्यका अमृत गुरुङले कुनै समय स्टेजमा गाउन भनि सोधेको र पछि बिना अनुमति रेकर्ड गरेर एल्बममा निकालेको गायक तथा संगीतकार गंगा बरदान बताउँछन् । रेकर्ड नै गरेपछि आफुले नि भाइहरु भनेर छोडिदिएको तर अहिले आएर मात्र युट्युबमा राखिएको उक्त गीतको भिडियोमा आफ्नो नाम नरहेको तर रचना संगीतमा नेपथ्यको नाम रहेको थाहा पाएर नेपथ्यले बौद्धिक चोरी गरेको भन्दै आपत्ति जनाएका थिए ।

आफ्नो रचना संगीत रहेको गितलाई आफ्नो भनि गुरुङले आफनो सिर्जना ठाडै चोरी गरेको भन्दै उनले आक्रोश समेत पोखेपछि सोमबार पूर्वेली न्युजले चोरी गरेको प्रमाण सहित समाचार प्रकाशन गरेको थियो ।

सोही समाचार सार्बजनिक भएपछि नेपथ्यले ‘म्यूजिक नेपाल’ तथा ‘नेपथ्यकाे’ दुवै युट्युब च्यानलमा रहेकाे साे भिडियो डिप्कृप्सनमामा गंगा बरदानको नाम समेटेको छ । नेपथ्यका गायक अमृत गाँउ गएका कारण उनीसँग सम्पर्क भएको छैन । तर उनको ब्याण्डका एक सदस्यले गंगा बरदानको नाम पहिलेनै हालेको बताउँछन् । उनले म्यूजिक नेपालले हालेकाे गीतमा बरदानकाे नाम छुट्नु आफ्नो सराेकार नरहेकाे र नेपथ्यकाे आफ्नो युट्युब च्यानलमा भने बरदानकाे नाम पहिल्यै देखिनै उल्लेख गरेकाे दावी समेत गरेका छन् ।

पूर्वेली न्यूजले समचार प्रकाशन गरे पश्चात दुवै च्यानलमा रहेकाे उक्त भिडियोकाे डिप्कृप्सनमा बरदानको नाम उल्लेख गरिएकाे छ। यध्यपी हालसम्म भिडियाे भित्र गंगा बरदानकाे नाम भने उल्लेख गरेकाे पाइदैन ।  हर्नुहाेस् समचार प्रकाशन अघि तथा प्रकाशन भए पश्चातकाे स्कृनसट ।

नेपथ्य यूट्युव च्यानलकाे स्क्रीनसर्ट

म्यूजिक नेपाल यूट्युव च्यानलकाे स्क्रीनसर्ट

 

 

उक्त गीत नेपथ्य ब्यान्डको रेशम नामक अल्बममा समावेश गरिएको छ र एल्बममा नाम दिईएको भएपनि क्यासेट तथा सिडीको प्रचलन हराइसकेको अहिलेको डिजिटल युगमा नेपथ्यले बनाएको अफिसियल भिडियोमा नै स्रस्टाको नाम हटाईदिनु नेपथ्य ब्याण्ड तथा मुख्य गायक अमृत गुरुङको बदमाशी देखिन्छ । बरदानले स्थापित गायकबाट नै आफु पिडित भएको समेत बताए ।

बरदान भन्छन, मैले त भाइ सम्झेर दिएको स्टेजमा गाउन तर उसले गीत नै रेकर्ड गर्यो , त्यहाँ सम्म ठिक छ तर युटुवमा राखिएको भिडियोमा नाम नै मेटाएर आफ्नो बनाईएको छ । अहिले समाचार आएपछी भिडियोको तल रचना तथा संगीतमा नाम त आयो तर भिडियो भित्र त छैन । यत्रो बर्ष भयो भिडियो रिलिज भएको टिभी लगायत धेरै ठाँउमा बज्यो पनी, यतिको बर्ष गलत सुचना गयो नी, आम जनमानिसमा । मैले आफ्नो रचना संगीत मेरै हो भन्न, न्यान पाउन मिडिया नै गुहार्नु पर्ने । उसले गल्ती नस्विकारी सुटुक्क नाम परिवर्तन गरेकोमा अझै दुख लागेको छ ।

दुई बर्षअघि पनि गायक बरदानले नेपालीभाषी गायक बिपुल क्षेत्रीमाथि “कहाँमा काटयो बेतको लौरी” नामको गीत चोरी गरी गाएको भन्दै पूर्वेली न्युज सँग गुनासो गरेपछि समाचार सार्बजनिक भएको र पछि बिपुलले सोही गित हटाएर बरदान सँग माफी मागेका थिए भने नेपथ्य ब्याण्ड लाई “रेशम” भन्ने उनीहरुको चर्चित गीत समेत पुराना लोक गायक एलपी जोशीले आफ्नो गीतबाट चोरेको आरोप पहिला नै लागिसकेको छ ।

नेपथ्य तथा म्यूजिक नेपालमा प्रकाशित उक्त भिडियाे

नेपथ्यका गायक अमृत गुरुङलाई पुराना गायकद्धारा गीत चोरीको बात (भिडियाे सहित)


तपाईको प्रतिक्रिया

Loading…